Play

गुडिरहेको स्कुटरमा आगलागी, स्कुटर क्षतिग्रस्त

गुरुकुल खबर


पोखरा, स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर – ५ जगत भञ्ज्याङमा पर्ने वालिङ-चापाकोट भित्री पक्की सडक खण्डमा गुडिरहेको एक स्कुटरमा आगलागी भएको छ।  ग १६ प ६१४५ नम्बरको टिभिएस कम्पनीको एन्टरक १२५ सिसीको स्कुटरमा मंगलबार साँझ आगलागी हुँदा स्कुटर पूर्ण रुपमा क्षति भएको छ।

चापाकोट नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी २१ वर्षका मन्दिप विकले चलाएको उक्त स्कुटरमा साँझ अन्दाजी पौने ६ बजेको समयमा गुडिरहेकै अवस्थामा अचानक आगो सल्किएको थियो।  घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। सडकमा गुडिरहेका बेला एकाएक आगो सल्किएपछि चालकले ओर्लिएर ज्यान जोगाएका थिए।

‘गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको जानकारी आएपछि प्रहरी टोली खटाइएको हो, मानवीय क्षति नभए पनि स्कुटर पूर्ण रूपमा क्षति भएको छ,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले भने।

११ कार्तिक २०८३, बुधबार ०९:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा