सभापति थापा सोमबार पोखरा विमानस्थल पुग्दा पनि नेताकार्यकर्ता स्वागतका लागि पुगेका थिए। त्यसपछि उनी स्याङ्जा गएका थिए। त्यस क्रमको घटना सम्झँदै सभापति थापाले भने, ‘कांग्रेस सभापति आएको भनेर एक जना वृद्ध बाटोमा बसेर गाडी गन्दै हुनुहुन्थ्यो, २१, २२, २३ भनेर। गनेको के भन्दा गाडी। गाडीका ताँती। यस्ता साना कुरा हुन् तर बदल्नुपर्छ, हामी आमनागरिक हौं, आमनागरिकको कुरा हामीले सुन्न पाउनुपर्छ, बाटोमा पनि मानिसहरूसँग कुरा गर्दै हिँड्न पाइयोस् न। सभापति भनेको छ, अलगै राखेको छ, भेट्न आएका साथीहरूलाई धकेलेको छ। यो सब कुरा बदल्नुपर्छ।’

सभापति थापाले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको विधिलाई बदल्नुपर्ने प्रस्ताव महासमिति बैठकमा लैजाने बताउंदै पार्टीको हालै सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दा तल्लो तहदेखि माथिसम्म निरन्तर चुनाव लड्ने परिपाटीले कार्यकर्ताहरूमा थकान ल्याएको उल्लेख गरे।पार्टीभित्रको आन्तरिक चुनाव पनि आमनिर्वाचनजस्तो देखिएको भन्दै उनले विजेताले सबै पाउने र हार्नेहरु पाखा लाग्ने अबस्था आउन नहुनेमा जोड दिए । निर्वाचन सकिएपछि पनि मनमुटाव बाँकी राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै उनले यो बिटरनेस, तिक्तता र कटुता पार्टीभित्रबाट हटाउनआबश्यक रहेको उल्लेख गरे ।’उनले पार्टीभित्रको गुटबन्दी र चुनावी तिक्तता अन्त्य गर्दै पार्टीबाट टाढिएका मतदाताहरूको घरदैलोमा पुगेर संवाद थाल्नुपर्नेमा समेत जोड दिए ।
बिपी स्मृति पुस्तकालयले कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्याएका गण्डकी प्रदेशका ११ जिल्लाका एक–एक जना पुराना नेताहरूलाई सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरेको हो । सम्मातिन हुनेहरुमा नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिग्राम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट थिए । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सभापति थापाले अग्रजहरूकै त्यागका कारण वर्तमान पुस्ता नेतृत्व तहमा पुग्न सफल भएको बताए । अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै उनले भने, ‘तपाईंहरूको योगदान नभएको भए आज म यो ठाउँमा आएर पार्टी सभापति भएर बस्ने मेरो त्यो योग्यता पनि पुग्दैनथ्यो र यहाँ आउनुभएका थुप्रै नयाँ पुस्ताका साथीहरूको आज खुला वातावरणमा हामी नेपाली कांग्रेस हौँ भनेर भन्ने अवस्था पनि बन्दैनथ्यो ।’
नेपाली कांग्रेसभित्र हाल चार पुस्ताको सहभागिता रहेको भन्दै सभापति थापाले यसलाई पार्टीको ठूलो पूँजीको रूपमा व्याख्या गरे । उनले भने, ‘हामी एकैपटक चाहिँ हामीहरू २० वर्षदेखि ८० वर्षसम्मका मानिसहरू यहाँ क्रियाशील छौं ।’ पार्टीलाई गतिशील बनाउन पाका नेताहरूको अनुभव र युवाहरूको जोसको सही सम्मिश्रण हुनुपर्ने उनले बताए । विगतका निर्वाचनहरूमा पार्टीसँग लामो समय आबद्ध रहेर पनि पछिल्लो समय मतदान नगरेका वा असन्तुष्ट बनेका मतदाताहरूसँग कांग्रेसले पुनः सम्बन्ध गाँस्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै सभापति थापाले आंफ्नो कारणले कार्यकर्ताको शीर झुक्न नदिने बताए । ‘मेरो व्यक्तिगत आचरणले, मेरो स्वभावले, मेरा निर्णयले, मेरा कर्मले, मेरो पार्टीको एक जना साथीले पनि कुनै पनि ठाउँमा गएर मेरो नेताको कारणले गर्दा कांग्रेस यस्तो भयो भनेर शिर निहुराउने अवस्था तपाईँहरूको म आउन दिन्न,’ उनले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूले गरेका कामको समयमै प्रचार गर्नुपर्ने बताउंदै नेपाली कांग्रेसले गरेका राम्रा कामको समयमै प्रचारप्रसार नगर्ने हो भने समस्या हुने उनको तर्क थियो । आफू देउवा कांग्रेसबाट अलग्गिएर आएको जानकारी गराउँदै गगन थापा नेतृत्वको कांग्रेसले पनि धेरै विषयमा सुधार गर्दै जानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आंफ्नो दस्ताबेजमा २०६१ सालमा नेपाली कांग्रेसले पोखराबाट शुरु गरेको आन्दोलनको बारेमा उल्लेख नगरेको भन्दै गुनासो गरे उनले अहिले कांग्रेससहित राष्ट्रियता र प्रजातन्त्र कम्जोर भएको र मुलुक बिदेशीको क्रिडास्थल बनेको समेत उल्लेख गरे। कार्यक्रममा पूर्वमन्त्री रोमी गौचन थकाली, बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका सभापति माधव बास्तोला ‘मधु’, कोषाध्यक्ष शिरोमणि बराल, सम्मानित हरिप्रसाद श्रेष्ठलगायतले कांग्रेस अब एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पु¥याएका गण्डकी प्रदेशका ११ जिल्लाका एक÷एक जनालाई सम्मान गरेका थिए । सम्मातिन हुनेहरुमा नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिग्राम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट थिए । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।













