Play

कांग्रेसले स्थानीय तहका उमेदवारको टुंगो पुष महिना भित्रमा टुंगो लगाउने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका अभाप्ति गगन कुमार थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया आउँदो पुस माघभित्रै टुंग्याउने बताएका छन । पार्टीको १५ औं महाधिबेशनपछि पहिलो पटक स्याङ्जा पुगेर त्यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्दै तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने जानकारी दिए ।

‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिनअगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन,’ थापाले भने, ‘उम्मेदवारहरूको प्रारम्भिक काम पुस–माघमा टुंग्याउँछौं ।’‘डिजिटल’ मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिन्छ, सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउने हो र उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ ।’

सभापति थापाले भने उनले पार्टीभित्रको प्रतिस्पर्धा सकिएकाले अब कांग्रेस एकढिक्का भएर बाहिर हेर्नुपर्ने बताए । आन्तरिक प्रतिस्पर्धालाई विगतको चरणका रूपमा व्याख्या गर्दै उनले अब पार्टी संगठन र परिवारका रूपमा एकजुट भएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । अर्को एक प्रसंगमा उनले अघिल्लो निर्बाचनमा कांग्रेसले मत भन्दा पनि बिश्वास गुमाएको भन्दै त्यसबेला गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।

‘कांग्रेसले मतभन्दा पनि जनताको विश्वास गुमाएको छ, कांग्रेसले गुमाएको मत होइन, विश्वास हो, विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।’ सभापति थापाको भनाई थियो उनले निर्वाचनअघि मत जोगाउनेभन्दा जनताको विश्वास पुनःस्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए। त्यसका लागि पार्टीका प्रत्येक सदस्यले संगठनभित्र गर्नुपर्ने काम र पार्टीप्रतिको सार्वजनिक धारणा अर्थात् छविमा सुधार ल्याउनुपर्ने सभापतिको भनाइ थियो ।

कांग्रेस सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे जानकारी गराउनुपर्नेमा जोड दिंदै विगतमा पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । ‘महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको छ भन्ने कुरा जनताको घरदैलोसम्म जानकारी पुर्याउनको लागि आगामी मंसिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ’ उनले भने।

सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गरे । पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट कार्यक्रम तय गरी कार्यकर्तामाझ पुग्ने र पार्टीभित्रको सम्बन्धलाई थप सुदृढ बनाउने उनले बताए ।

सभापति थापाले बिरुवा गाउँपालिका–७, गहतेस्थित नवनिर्मित मनकामना मन्दिरको उद्घाटन गर्नुको साथै पाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र सम्बोधन गरेको नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलले गुरुकुल खबरलाई जानकारी दिए ।

१० कार्तिक २०८३, मंगलवार १२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा