Play

६० किलो सुन काण्डको छानविन गर्न सीआईबीले एसएसपीलाई हङकङ पठाउने

गुरुकुल खबर


पोखरा, ६० किलो सुन काण्डको छानविन गर्न सीआईबीले आफ्ना एक एसएसपीलाई हङकङ पठाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको उक्त सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाउन लागिएको सीआईबीका एक जना अधिकृतले बताए।

हङकङबाटै तस्करी गरेर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सुनकाण्डको अनुसन्धान गरिरहेको विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई प्रदान गरेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक आचार्य इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेका हुन् । तस्करीबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति पनि बनाएको छ । बज्राचार्य सिआईबीकी निर्देशकको जिम्मेवारीमा छन् ।

सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागि प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्र पठाएको थियो । सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं सम्म तस्करी गरेको थियो ।

१२ भाद्र २०८०, मंगलवार १८:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा