Play

तीनसाता अगाडी पोखरामा हत्या गरेर फालिएकी महिलाको पहिचान अझै खुल्न सकेन- कास्की प्रहरी

गुरुकुल खबर


पोखरा, करिब तीनसाता अगाडी अर्थात फागुन १७ गते पोखरा महानगरपालिका -१७ डयामसाइड पार्दी नजिकको तितेपानी खोलाको पुलमुनी हत्या गरेर फालिएको शबको बास्तबिक पहिचान अझै पनि खुल्न सकेको छैन। प्रहरीका अनुसार रहस्यमय ढंगले हत्या गरेरछे सुटकेसमा प्याक गरेर खोलाको पुलमुनी फालिएको शब वा मृतकको बारेमा हुलिया सार्बजनिक गरेको भएपनि उनका कुनै पनि आफन्तहरु अझै सम्म सम्पर्कमा आइपुगेको छैनन।

गत फागुन १७ गते बिहान करिब ८ बजेको समयमा पुल मुनि खोलाको छेउमा संकास्पद अबस्थामा सुटकेस भेटिएको र प्रहरी टोलि पुगेर हेर्दा सुटकेस भित्र मानिसको शब भेटिएको थियो। नाम थर र ठेगाना समेत नखुलेको अन्दाजी २५ बर्षकी महिलाको उक्त शब हेर्दा घांटी सहित शरीरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरेर काटेको अबस्थामा रहेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको भएपनि अझै सम्म घटनाको बारेमा बास्तबिकता बाहिर आउन सकेको छैन। सुटकेश भित्र भेटिएकी मृतक महिलाको बास्तविक नामथर, उमेर, ठेगाना तथा आफन्तको लागि बिभिन्न ठाउँमा जानकारी गराइएको भएपनि हालसम्म कोहि आफन्तहरु समेत सम्पर्कमा नआएको प्रहरीको भनाई छ ।

स्थानीय एक घरमा कोठा भाडामा लिएर बस्ने एक नेपाली मुलका भारतीय जस्तो युवाले ति महिलालाई आंफ्नो श्रीमती भनेर कोठामा लिएर आएको र उनि आएको केहि दिनमा नै ति महिलाको शब सोहि घर नजिकै खोलाको छेउमा सुटकेस भित्र भेटिएको बताइएको छ। घटनाको बारेमा अनुसन्धान जारी राखेको कास्की प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार .

पोखराको ड्यामसाइडमा महिलाको विभत्स हत्या: शबलाई सुटकेसमा प्याक गरेर खोलामा फालेको भेटियो

७ चैत्र २०८२, शनिबार ११:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा