पोखरा, नेपाली बजारमा सुन चाँदीको मूल्य गिरावट आउने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको छ । यो संगै आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ।
बुधबार पनि सुनको मुल्यमा तोलाको २ हजार २ सय रुपैयाले घटेको थियो बुधबार र बिहिबार गरि दुई दिनमा एक तोलाको ७ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो।
यसैगरी, बिहिबार चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेको छ। यससँगै चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा ५ हजार १५० रुपैयाँमा कारोबार भएको सुनचांदी ब्यबसायी महासंघले जनाएको छ।















