पोखरा, जेनजीको नामबाट भएको आन्दोलनका क्रममा पोखरामा आगजनी गरिएका दुईवटा घरबाट दुईजना महिलाको शब फेला परेको छ। दुबै घरमा भेटिएका शबहरु जलेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा आगो लगाइएकोमा बुधाबार त्यहाँ एक महिलाको शव फेला परेको छ । प्रहरीले बुधबार बिहान जलेको अवस्थामा शव भेटिएको जनाएको छ ।
यसैगरी अटोमोबाइल एबम रियलस्टेट ब्यबसायी ध्रुव थापाको पोखरा नयाँबजारस्थित घरमा पनि मंगलवार आगजनी गरिएको थियो उक्त घरभित्र रहेको गाडीको सोरुममा पनि अर्को महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शव पूरै जलेको अवस्थामा भेटिएको हो ।
ब्यबसायी थापा गण्डकी प्रदेशका मन्त्री बिन्दु थापाका भाई हुन् तर, उनि कुनै पनि राजनीतिक दलमा सक्रिय छैनन। प्रहरीका अनुसार उक्त घरमा रहेको शोरूममा काम गर्ने एक महिला कर्मचारीलाई जलेको अवस्थामा शव फेला परेको हो।
मंगलबार राति भाटभटेनी सुपरमार्केटमा पनि आगजनी गरिएको थियो। त्यहाँ लागेको आगो अहिले सम्म पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन। आगलागीको घटनामा मानवीय क्षति भएको आशंका गरिएपछि प्रहरी र स्थानीयले अहिले खोजी कार्य जारी राखेका छ।
आन्दोलनकारीले मन्त्री थापाको निजी निवासको साथै उनको लेकसाइड स्थित ब्यबसायिक भवन अंशुभरा ग्रुप, बगैंचा रिसोर्टमा समेत आगजनी गरेका थिए भनेउनका भाइ ध्रुव थापाको घर तथा गाडीको सोरुममा पनि तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
मंगलबार नै पोखराका प्रमुख सरकारी कार्यालय र सरकारी निवासहरु अधिकांश जलेका छन आन्दोलनकारीहरुले मेयर धनराज आचार्य, कांग्रेस नेता यज्ञबहादुर थापाको घर, एमाले नेता राजीव पहारीको घर सहित भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टमा समेत तोडफोड र आगजनी गरेका थिए ।
सम्बन्धित समाचार …
पोखरा बजारको अबस्था सामान्य बन्दै, रातभर लागेको आगो नियन्त्रण र संरचनाको सफाइमा सेनाको पहल
पोखरा दिनभर तनाबग्रस्त, सबैजसो सरकारी कार्यालयहरु र महानगरका कार्यालयमा आगजनी र तोडफोड














