Play

पोखरा बजारको अबस्था सामान्य बन्दै, रातभर लागेको आगो नियन्त्रण र संरचनाको सफाइमा सेनाको पहल

कुन कुन कार्यालय, ब्यबसायिक प्रतिष्ठान र दलको कार्यालयमा भयो त तोडफोड र आगजनी ?


गुरुकुल खबर


पोखरा, जेनजी समूहको आन्दोलनले मंगलवार पोखरा क्षेत्र तनाबग्रस्त भएकोमा बुधबार पोखराको जनजिबन सामान्य बन्ने क्रममा छ ।
सडकमा सर्बसाधारणको चहलपहल बढ्न थालेको छ।

अधिकांश सर्बसाधारण काम बिशेषले भन्दा पनि मंगलवार दिउसो र रातभर पोखराका बिभिन्न संरचनामा भएको आगलागी र तोडफोडको दृश्य हेर्न घुमिरहेका छन।

नेपाली सेनाले पोखराको बिभिन्न स्थानमा पुगेर स्थिति आफ्नो नियन्त्रणमा लिने प्रयासलाई जारी राखेको छ । मंगलवार तोडफोड र आगजनी गरिएका कार्यालयहरुमा बलिरहेको आगो निभाउने, सरसफाई गर्ने र सामान्य बनाउने प्रयासमा नेपाली सेना देखिएको छ शहरका बिभिन्न स्थानमा अनाबश्यक भिडभाड नगर्न भन्दै माइकिंग गरिरहेको छ ।

नेपाली सेनाले पोखरा महानगरपालिकाको कार्यालय लगायतका कार्यालयमा पुगेर रातभर लागेको आगो नियन्त्रण गर्ने र सफाइ गर्ने प्रक्रिया  बुधबार बिहान ८ बजेबाट शुरुवात गरेको छ । अन्य कार्यालयमा पनि सेनाको टोलि पुग्ने थप क्षती हुन नदिन आगो नियन्त्रणमा लिने काम शुरु गरेको छ ।

मंगलबार पोखरामा बिभिन्न व्यक्ति र ब्यबसायिक प्रतिष्ठानसंगै बिभिन्न सरकारी कार्यालय र पोखरा महानगरपालिकाको कार्यालय सहित महानगर अन्तर्गतका वडा कार्यालयहरु निशाना बनाइए। कतिपय ब्यबसायिक प्रतिष्ठान र सरकारी कार्यालयको सामान बाहिर निकालेर जलाइयो भने कतिपय सामान आन्दोलनकारी आँफैले लिएर गए। पोखराको पृथ्वीचोकमा रहेको शहिद लखन थापाको शालिक ढालेर त्यहाँ पृथ्वीनारायण शाहको शालिक पुनस्थापन गरिएको छ ।

गुरुकुल खबरलाई प्राप्त जानकारी अनुसार मंगलबार पोखरामा आगजनी र तोडफोड गरिएका केहि निजि घर सरकारी कार्यालय एबम ब्यबसायिक प्रतिष्ठानहरु निम्नअनुसार रहेका छन। जसमध्ये अधिकांशमा आगजनी र केहीमा तोडफोड गरिएको छ। यसबाहेक अन्य कार्यालय, घर र ब्यबसायिक प्रतिष्ठानमा समेत आगजनी र तोडफोड भएपनि स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन

ब्यबसायिक प्रतिष्ठानहरु  

  • भाटभटेनि सुपर मार्केट नयाँसडक
  • बतास भवन नयाँबजार
  • पोखरा ट्रेडमल, चिप्लेढुंगा
  • एनसेलको कार्यालय, सृजनाचोक फिर्के
  • पोखरा इभेन्टस सेन्टर, बुलौदी
  • बगैचा रिसोर्ट, लेकसाइड
  • बरपिपल रिसोर्ट, लेकसाइड
  • होटल सरोबर, लेकसाइड
  • अन्शुभरा बिल्डिंग, लेकसाइड
  • बेलुन नेपालको कार्यालय लेकसाइड
  • सृजनाचोक फलफुल तथा तरकारी बजारको शटरहरु
  • काठमाडौँ सिटि लेकसाइड

व्यक्तिगत घर / निवास 

  • पोखराका मेयर धनराज आचार्यको नयाँबजारस्थित घर
  • गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापाको नयाँबजारस्थित घर
  • ब्यबसायी ध्रुब थापा/ मिलन थापाको नयाँबजार स्थित घर
  • गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको माटेपानि स्थित घर
  • नेकपा एमाले नेता राजिब पहारीको खहरे, लेकसाइड स्थित घर
  • कांग्रेस नेता पुर्ब मन्त्री यज्ञबहादुर थापाको विजयपुरस्थित घर

सरकारी कार्यालयहरु

  • जिल्ला प्रहरी कार्यालय कास्की
  • प्रदेश प्रमुखको कार्यालय
  • मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
  • कास्की जिल्ला प्रशासन कार्यालय
  • कास्की जिल्ला अदालत
  • मालपोत कार्यालय कास्की
  • लोकसेवा आयोगको कार्यालय कास्की
  • गण्डकी प्रदेश सभा भवन नदीपुर
  • यातायात ब्यबस्था कार्यालय पृथ्वीचोक
  • शिक्षा बिकास तथा समन्वय ईकाई बगर
  • शिक्षा बिकास निर्देशनालय, बगर
  • उर्जा, जलश्रोत मन्त्रालय, गण्डकी प्रदेश द्यामसाइड
  • नापी कार्यालय कास्की
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र नजिकको कार्यालय
  • पोखराको बिभिन्न स्थानमा रहेका प्रहरी चौकी र प्रहरी कार्यालयहरु

पोखरा महानगरपालिका कार्यालय न्युरोड र वडा कार्यालयहरु 

  • पोखरा महानगर कार्यपालिकाको कार्यालय नयाँसडक
  • वडा कार्यालय १ बगर
  • वडा कार्यालय २ बिन्ध्यबासिनी
  • वडा कार्यालय ३ नदीपुर
  • वडा कार्यालय ४ गणेशटोल
  • वडा कार्यालय ५ मालेपाटन
  • वडा कार्यालय ८ नयाँसडक
  • वडा कार्यालय ११ फुलबारी
  • वडा कार्यालय १२ माटेपानी
  • वडा कार्यालय १३ बाँझापाटन
  • वडा कार्यालय १५ रामबजार, कोलपाटन
  • वडा कार्यालय २५ हेमजा सहित अन्य केहि वडा कार्यालयहरु

राजनीतिक दलका कार्यालयहरु

  • नेपाली काँग्रेस कास्कीको कार्यालय,महेन्द्रपुल
  • नेपाली काँग्रेस वडा कार्यसमितिको कार्यालय, वडा न. १५
  • नेकपा एमाले गण्डकी प्रदेश कार्यालय नयाँबजार
  • नेकपा एमाले कास्कीको कार्यालय शान्तिबन

२५ भाद्र २०८२, बुधबार १०:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा