पोखरा, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एम नेपालको आगामी कार्यकालको लागि डिष्ट्रिक गभर्नर सहित प्रथम भाइस डिष्ट्रिक गभर्नर र द्वितीय भाइस डिष्ट्रिक गभर्नरको मनोनयन सोमबार भएको छ । जस अनुसार लायन बर्ष २०२५/२६ को कार्यकालका लागि धनीराम बरालले गभर्नर पदमा, रत्न प्रसाद पराजुलीले प्रथम भाइस डिष्ट्रिक गभर्नर पदमा र किशोर बरालले द्वितीय भाइस डिष्ट्रिक गभर्नर पदमा मनोनयन गरेका छन।
उक्त डिष्ट्रिकमा १ सय ३९ वटा लायन्स क्लब आबद्द रहेका छन् भने ३ हजार ५ सय बढी लायन्स सदस्य रहेका छन। डिष्ट्रिकको महाधिबेशन आगामी चैत ९ गते पोखरामा हुँदैछ। लायन्सका अन्य डिष्ट्रिकहरु पनि आआफ्नो महाधिबेशनको तयारीमा छन। शुरुवातमा नेपालमा रहेका लायन्सका सदस्यहरुलाई समेत समेटेर भारतमा रहेका लायन्सहरु सहितको एउटा संयुक्त डिष्ट्रिक रहेकोमा केहि बर्षको अन्तरालमा नेपालमा मात्र १५ वटा डिष्ट्रिक बनिसकेका छन। यसले नेपालमा लायन्स क्लब र लायन्सका सदस्यहरुको संख्यामा उल्लेखनीय वृद्धि भैरहेको स्पष्ट हुन्छ।
गभर्नर पदमा उमेदवारी दर्ता गराएका धनीराम बराल हाल प्रथम भाइस डिष्ट्रिक गभर्नरको जिम्मेवारीमा रहेका छन। उनि लायन्स क्लब अफ फिस्टेल सिटिको सदस्य हुन यसैगरी प्रथम भाइस डिष्ट्रिक गभर्नर पदमा उमेदवारी दर्ता गराएका रत्नप्रसाद पराजुली लायन्स क्लब अफ काठमाडौँ देउरालीको सदस्य हुन हाल द्वितीय भाइस डिष्ट्रिक गभर्नरको रुपमा कार्यरत छन।
पोखराको लायन्स क्लब अफ गोल्डेन चौतारीमा लागेर लायनबादमा लागेका किशोर बरालले लायन्स अन्तराष्ट्रिय ३२५ एम नेपालको द्वितीय भाइस डिष्ट्रिक गभर्नर पदमा उमेदवारी दर्ता गराएका छन। उनि हाल उक्त डिष्ट्रिकको चिफ डिष्ट्रिक एड्भाइजरको रुपमा कार्यरत छन ।
यसैबीच डिष्ट्रिकको विभिन्न पदमा उमेद्वारी दिएका तिनै जनाको परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी सोहि डिष्ट्रीक्टका हालका गभर्नर चण्डी प्रसाद अर्याल रहेका थिए। नोमिनेशन कमिटी चियरपर्सन मल्टिपल कोअर्डिनेटर समेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उमेद्वारहरुको परिचय क्रमश: दिनबन्धु पौडेल, उमेश श्रेष्ठ र लोकनाथ पौडेलले गराएका थिए।
कार्यक्रममा पूर्व डिष्ट्रीक्ट गभर्नरहरु महेन्द्र पौडेल, बिशेश्वर आचार्य, भिमलाल पौड्याल र डिष्ट्रीक्ट ३२५ आइका डिष्ट्रीक्ट गभर्नर बिनोद ढुंगाना, डिष्ट्रीक्ट ३२५ जेका डिष्ट्रीक्ट गभर्नर मिलन थापा लगाएतका वक्ताले उमेद्वारी दर्ता गर्ने सबैलाई बधाई सहित शुभकामना प्रकट गरेका थिए। यसैगरी विभिन्न लायन्स क्लबका अध्यक्षहरुको तर्फबाट लेखबहादुर के.सि, जोन/रिजन चियरपर्सनहरुको तर्फबाट सजना कोइराला, सिनियर क्याबिनेट अफिसरहरुको तर्फबाट बिष्णु गौतम र टेक नारायण पौडेलले शुभकामना मन्तब्य राखेका थिए।
आसन्न तेस्रो कन्भेन्सनका कन्भेनर दामु अधिकारीले कन्भेन्सनको बारेमा जानकारी गराएको उक्त कार्यक्रममा डिष्ट्रिकका बिबिध गतिविधिको बारेमा प्रमुख अतिथि अर्याल सहित जीएसटी डिष्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, उमनाथ बराल र चुडामणि बराल लगायतले जानकारी गराएका थिए ।
सम्बन्धित समाचार ..
पोखरा सहित नेपालमा लायन्सको प्रभाब बढ्दो, नेपालमा दुई हजार र पोखरामा मात्र दुईसय बढी क्लब