Play

हिन्दूराष्ट्र स्थापनाको विषय कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डा बनाउन माग

गुरुकुल खबर


काठमाण्डौं,  नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने भन्ने बिषयलाई नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा एजेण्डाका रुपमा लैजाने विषयमा कांग्रेस भित्रका हिन्दूवादी नेताहरु एकमत भएका छन् ।

नेपाली कांग्रेस हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीको काठमाडौँस्थित सम्पर्क कार्यालयमा बसेको कांग्रेसका हिन्दूवादी केन्द्रीय सदस्यहरुको बैठकले पार्टी केन्द्रीय समितिको  बैठकमा नेपाललाई हिन्दुराष्ट्र बनाउने भन्ने विषय एजेन्डाको रुपमा लैजानुपर्ने भन्ने  कुरामा एकमत भएका हुन।

केन्द्रीय सदस्य र्ब्म पूर्व मन्त्री भण्डारीको सम्पर्क कार्यालयमा बसेको बैठकमा अन्य केन्द्रीय सदस्यहरु पुष्पा भूषाल, रंगमति शाही, चन्द्र के.सी, बिध्या तिम्सिना, चम्पादेवी खड्का र मदन बहादुर अमात्यको उपस्थिती रहेको थियो ।

कांग्रेसको केन्द्रीय समिति बैठक साउन २३ गते देखि सुरु हुँदैछ । पार्टीका बहुमत महासमिति सदस्यहरुले हस्ताक्षर गरेको हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकतामा राख्नुपर्नेमा केन्द्रीय सदस्य भण्डारी सहित अन्यले पनि जोड दिंदै आएका छन।

१७ श्रावण २०८१, बिहीबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा