Play

अन्नपुर्ण गाउँपालिकाको स्थापना दिवस, सात पत्रकार सहित विभिन्न विधाका करिब दुईसय जनालाई सम्मान

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर विभिन्न विधाका करिब दुई सय जनालाई सम्मान गरेको छ। सम्मान पाउनेहरुमा अन्नपुर्ण गाउँपालिकामा जन्मिएर  पत्रकारिता पेशामा क्रियाशील सात जनापनि रहेका छन् ।

पत्रकारिता विधाबाट सम्मानित हुनेहरुमा नेपाल प्रेस युनियन गण्डकी  प्रदेशका अध्यक्ष टंकराज अधिकारी, नेपाली कांग्रेस केन्द्रीय प्रचार बिभाग सदस्य राजबहादुर गुरुङ, प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेल सहित पत्रकारहरु श्रीभद्र पौडेल, पुष्पराज दाहाल, रवि दाहाल र सरला त्रिपाठी भण्डारी रहेका छन् ।

अधिकारी पोखरा भ्यूज डटकमका कार्यकारी सम्पादक तथा  कामना प्रकाशन अन्तर्गतको  नेपाल समाचारपत्रको गण्डकी प्रदेश प्रमुख समेत हुन् । यसै गरि गुरुङ युनाईटेड खबर डट कम का सम्पादक, पौडेल कान्तिपुर टेलिभिजनमा संलग्न छन् । यसै गरि श्रीभद्र पौडेल आदर्श समाज र नेपाल टेलिभिजनमा, पुष्पराज विभिन्न छापा तथा बिध्युतिया संचार माध्यममा , रबि पोखरा टेलिभिजन र सरला सिटिवान टेलिभिजनमा संलग्न छन् ।

साहित्य र कलातर्फ विमल परियार, अम्बिका भण्डारी, जीवन दाहाल, प्रेमराज अधिकारी, सुरेन्द्र गुरूङ, नवीन गुरूङ, शर्मिला वि.क, सरिता अधिकारी, बालाराम अधिकारी, बिक्रम परियार, दिवाकर भण्डारी, टेकबहादुर केसी, बाबुराम पौडेल र कमला केसी संगै घान्द्रुकको वित्तचित्र निर्माता निर्माता अमृत गुरूङ पनि सम्मानित भएका छन।

कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ पशु अधिकृत ऋषिराम दाहाल, सब इन्जिनियर अर्जुन थापा, वडा नं. ३ का वडा सचिव मुक्तिराम भण्डारी, स्वास्थ्य कर्मचारी अहेव जुमक़ाज़ी गुरूङ महिला स्वयम्सेविका सुमित्रा पौडेल र कार्यालय सहयोगी ओमप्रसाद अधिकारीलाई र पालिकाका ज्येष्ठ नागरिकहरु तर्फ वडा नं. ४ का १०५ वर्षका रामबहादुर खत्री र वडा नं. ११ की १०० वर्षीया सुकुला गुरूङ पनि सम्मानित भएका थिए ।

अन्य विधातर्फ उत्कृष्ट  सहकारी संचालक, उपभोक्ता समिति, खेलकुद, कृषि र पशुपालन, पर्यटन ब्यवसायी, करदाता, सुरक्षाकर्मी र शिक्षा तर्फका ७५ जना सहित १५ विधाका क़रिव २०० जनालाई सम्मान गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले गुरुकुल खबरलाई जानकारी दिए ।

सम्मानित हुनेहरुलाई प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले सम्मानपत्र प्रदान  गरेका थिए भने अन्य अतिथिहरुले माला र टिका लगाएर सम्मान गरेका थिए त्येस अबसरमा बोल्दै उनले अन्नपुर्ण गाउँपालिका लाई कृषि र पर्यटनको  माध्यमबाट बिकाश गर्न सकिने  थुप्रै सम्भावना रहेको बताए ।

अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गाउँपालिकाको समग्र बिकासको लागि सबै संग मिलेर काम गर्न आफु प्रयासरत रहेको बताए ।

नेपाली काँग्रेस कास्कीका उपसभापति एबम गाउँपालिका का निबर्तमान अध्यक्ष युबराज कुँवरले गाउँपालिका क्षेत्रम विकासले गति लिएको भन्दै बिगतमा भएका कामलाई संस्थागत ढंगले अगाडी बढाउन आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, नेपाल सरकारका सहसचिव बिनोद बहादुर कुँवर, कास्की जिल्ला विकास समितिका पूर्व सभापति पुण्यप्रसाद पौडेल, गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, कार्यकारी अधिकृत बिष्णुप्रसाद पोखरेल, शिक्षा शाखा प्रमुख बलराम भुगाइ लगाएतले आफ्नो आफ्नो भनाइ राखेका थिए।

२८ फाल्गुन २०८०, सोमबार १२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा