Play

बानाका अध्यक्ष पन्तलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, बाना भवन ऋणमुक्त अभियानमा १ लाख डलर बढी संकलन

गुरुकुल खबर


बाल्टिमोर, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्ने नेपालीहरुको छाता संस्थाको रुपमा क्रियाशील बाना अर्थात बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिकाका अध्यक्ष सुबोधविलास  पन्त अमेरिकी राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित भएका छन् ।

अमेरिकी राष्ट्रपति जोए वाईडेनको तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो।

बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले बाना भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिको तर्फबाट प्राप्त  पदक तथा प्रमाणपत्र  बानाका अध्यक्ष पन्तलाई हस्तान्तरण गरेका थिए ।

प्राध्यापकले त्यसमा लेखिएको कुरा पढदै पन्तले अमेरिका राष्ट्रलाई ५ हजार ३ सय घण्टा सेवा गरेको कारण उक्त सम्मान प्रदान गरिएको उल्लेख गरे ।

सम्मान प्राप्त गरेपछि अध्यक्ष पन्तले आफुले नेपाली समुदायको हितको लागि काम गर्दा कहिलै पनि सम्मान वा पुरस्कारको मोह नराखेको तर अमेरिकी राष्ट्रपतिको तर्फबाट सम्मान पाएको भन्दै खुशी प्रकट गरे ।

गुरुकुल खबर संग कुरा गर्दै पन्तले भने “मलाई गरिएको सम्मान सबै नेपालीको सम्मान हो, म आफुले  नेपाली समुदायबाट साथ् र सहयोग नपाएको भए यो सफलता प्राप्त गर्न कठिनाई हुने थियो तर सबैको साथ सहयोग र समर्थनबाट प्राप्त सफलतालाइ अमेरिकी राष्ट्रबाट सम्मान हुनु हामी सबैको लागि खुसीको कुरा हो।”

यो सम्मानले आफुलाई समुदायको लागि थप रचनात्मक काम गर्न उत्साह थपेको पनि अध्यक्ष पन्तले  बताए ।

यसै बीच बानाले संचालन गरेको बाना भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित एक  लाख आठ हजार डलर रकम सङ्कलन भएको छ । कार्यक्रममा उपस्थित नेपाली समुदायका व्यक्तिहरुले यस बर्षको डिसेम्बरसम्ममा सहयोग गर्ने र बाना भवन ऋण मुक्त अभियान सफल पार्ने बताएका थिए अधिकांशले कार्यक्रमका अबसरमा तथा यो भन्दा अगाडी नै आर्थिक सहयोग प्रदान गरेका छन्

बाना भवनको लागि हाल सम्म सबै भन्दा बढी आर्थिक सहयोग बानाका पूर्व अध्यक्ष कुल आचार्यले गरेका छन् । बाना बोर्ड अफ ट्रस्टीका अध्यक्ष समेत रहेका आचार्यले १५ हजार ४२२ डलर सहयोग गरिसकेका छन् । बाना भवन ऋण मुक्त अभियानको तेश्रो चरण संचालन गर्दासम्म कूल ९८ हजार ८ सय ६६ डलर सङ्कलन गरिएको छ।

१ लाख डलर सङ्कलनक गर्ने लक्ष सहित संचालन गरिएको अभियानको क्रममा १हजर् १ सय ३४ डलर अपुग भएपछी उपस्थितहरु संग थप सहयोगको लागि आग्रह गरिएको थियो  त्यस पछी पनि आचार्यले आफ्नो सहयोग बढाएर १६ हजार १ डलर बनाउने घोषणा गरेका थिए ।

उक्त अभियानको लागि अध्यक्ष  पन्तले पनि ५ हजार ८ सय डलर दिईसकेको र थप ४ हजार २ सय डलर सहयोग गर्ने जानकारी गराए। जस अनुसार १ लाख डलर संकलन गर्ने लक्ष पुरा भएको अर्थात १ लाख ८ हजार डलर संकलन भएको बानाका सल्लाहकार निरबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए।

२१ फाल्गुन २०८०, सोमबार ११:०४ मा प्रकाशित
Nabintech