Play

कांग्रेसको जनजाती महासंघको नेतृत्वको लागि आश गुरुङ र खेम गुरुङबीच प्रतिष्पर्धाको सम्भावना

गुरुकुल खबर


पोखरा, नेपाली काँग्नेस सम्बद्द आदिबाशी जनजातिहरुको संस्था ‘नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ’ कास्कीको अध्यक्ष बन्नका लागि आदिबाशी जनजातिको क्षेत्रमा क्रियाशील दुई जना बीच प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ।  यही शनिबार हुने अधिबेशनबाट कास्कीको नेतृत्व लिनका लागि महासंघको तदर्थ समितिका बर्तमान अध्यक्ष आश बहादुर गुरुङ र आदिबाशी जनजातीको क्षेत्रमा क्रियाशील खेमबहादुर गुरुङका बीच प्रतिष्पर्धा हुने सम्भावना बढेको छ।

महासंघको बर्तमान अध्यक्ष आश बहादुर गुरुङ यस अगाडी आदिबाशी संघ कास्कीको  अध्यक्ष रहेर काम गरेका थिए।  तर करिब छ महिना अगाडी नेपाली काँग्रेसले आदिबाशी जनजाती संघलाई लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ बनाएपछि बनेको जिल्ला तदर्थ समितिको अध्यक्ष समेत आशबहादुर गुरुङलाई नै बनाइएको थियो।  तदर्थ समितिको अध्यक्ष बनेका पोखरा महानगरपालिका -१८ का आश गुरुङ शनिबार हुन लागेको पहिलो अधिबेशनबाट फेरी पनि अध्यक्ष बन्ने तयारीमा जुटेका छन् ।

अध्यक्ष पदका अर्का आकाक्षी  खेमबहादुर गुरुङ कास्कीको रुपा गाउँपालिका बाट राजनीतिमा अगाडी बढेका व्यक्ति हुन् । खेम गुरुंगले यस अगाडी नेपाल आदिबाशी जनजाती संघ रहंदा कास्की जिल्ला समितिको सल्लाहकार तथा गण्डकी प्रदेश समितिको सदस्य रहेर पनि काम गरेका थिए ।  हाल नेपाली काँग्रेस कास्की जिल्ला समितिको सदस्य रहेका  गुरुङ आदिबाशी जनजातिको क्षेत्रमा लामो समय देखि क्रियाशील छन् ।

यसैबीच अध्यक्ष पदका आकाक्षी खेम गुरुंगले गुरुकुल खबरसंग कुरा गर्दै लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्कीको नेतृत्व लामो समयसम्म एकै जनामा रहदा अन्य जनजातिहरुले नेतृत्व लिने अबसरबाट बन्चित हुनुपरेको बताए अन्य जातजातिको जस्तो गरि जनजातिमा पनि एकै जनाले ६/७ वर्ष सम्म अध्यक्ष चलाएपछी फेरी अर्को कार्यकालको लागि त्यहि जिम्मेवारी लिन खोज्नु जायज नरहेको टिप्पणी उनले गरे  त्यसमाथि बर्तमान अध्यक्ष आश गुरुङजीलाई पार्टीले भुमि आयोगको सदस्य बनाएर लाभको पदमा पठाएकोले पनि वहाँले जिम्मेवारी हस्तान्तरण गर्नु जनजातीको हितमा हुने खेम गुरुंगको भनाई थियो ।

यता आशबहादुर गुरुंगले भने आफु जनजाती संघको अध्यक्ष भएर काम गरेको भएपनि आदिबाशी जनजाती महासंघ बनेपछि तदर्थ समितिको अध्यक्ष बनेकोले अर्को एक कार्यकाल पनि सोहि पदमा रहेर काम गर्न चाहेको बताउदै आएको छन् । उनीसंग फेर्री किन अध्यक्ष पदमा नै चुनाब लड्ने इछ्या प्रकट गरेको  त भनि प्रश्न गर्न खोज्दा उनको  फोन रिसिभ हुन सकेन  ।

जे होस्, दुवै जनाले जनजातिको हितमा काम गर्न र आदिबाशी जनजातीहरुलाई नेपाली काँग्रेसको मूल प्रवाहमा सक्रिय बनाउन आफुले नेतृत्व लिन चाहेको बताउन थालेका छन्।

जिल्ला अधिबेशनमा कास्की जिल्लाका ७२ वार्डबाट करिब पांच सय जना प्रतिनिधि सहभागी हुनेछन् ।  अधिबेशनले कार्यसमितिको १ जना अध्यक्ष , २ जना उपाध्यक्ष, २ जना सचिब, २ जना सहसचिब र अन्य सदस्य गरि जम्मा २३ जना रहेको नया कार्यसमिति चयन गर्नेछ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले शनिबार अधिबेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्कीका सचिब रिता गुरुंगले दिएकी छन्। जिल्ला सचिब गुरुंगका अनुसार अधिबेशनको लागि आबश्यक तयारी पुरा भएको छ यस अगाडी कास्की जिल्लामा पालिका स्तरीय, प्रदेश निर्बाचन क्षेत्र स्तरीय र प्नतिनिधिसभा निर्बाचन क्षेत्र स्तरीय अधिबेशन सम्पन्न भएर नया कार्यसमिति चयन हुनुको साथै प्रदेश महाधिबेसन प्रतिनिधि र केन्द्रीय महाधिबेशन प्रतिनिधिहरु पनि चयन भैसकेका छन् ।

नया कार्यसमितिको चयन सर्बसम्मत ढंगले गर्ने प्रयास भएको समेत बताइएको छ तर आकान्क्षीहरुको  संख्या बढ्ने सम्भावना रहेकोले नेतृत्व  चयनको लागि मतदान नै अन्तिम विकल्प हुनसक्ने कतिपयको अनुमान छ ।

१८ फाल्गुन २०८०, शुक्रबार २३:५१ मा प्रकाशित
Nabintech