Play

करोडौं रुपियाँ मूल्यको अबैध सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

गुरुकुल खबर


पोखरा, पोखराबाट करोडौं रुपियाँ मूल्य पर्ने अबैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक मंगलबार पोखरा-२ मोहोरियान टोलबाट पक्राउ परेका हुन् ।

मोहोरियाटोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको घरमा वर्षौंदेखि कोठा भाडामा लिई अबैध रुपमा सुनको कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुनसहित ६ किलोग्राम चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद भएको जिउल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए।

उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो ।

भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर-११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । ‘विभिन्न स्थानबाट निजको पसल तथा निजको कोठाभित्र लुकाइछिपाइ राखेको स्रोत खुलाउन नसकेको सुनका गरगहना तथा काँचो सुन र चाँदी बरामद भएको हो,’ उनले भने ।

सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने उनले जानकारी दिए । उनका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।

२ फाल्गुन २०८०, बुधबार ०९:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा