Play

क्यानडा पठाउने भन्दै पोखरामा अन्तरबार्ता लिंदै गरेको दुइ बिदेशी सहित छ जना पक्राउ

गुरुकुल खबर


पोखरा, नेपालीहरुलाई बिदेशमा रोजगारीको लागि पठाउने भन्दै अन्तरबार्ता गर्दै गरेका दुइ जना बिदेशी सहित छ जनालाइ कास्की प्रहरीले पोखराको बुद्धचोक स्थित एक होटेल बाट पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वार्ड नम्बर १३ पाटनबेंशी घर भएकी ६५ बर्षीय पार्वती सुनारले आफ्नो छोरी क्यानाडा भएकोले अन्तरबार्तामा पास हुनेहरुलाई क्यानाडामा राम्रो जागिर लगाइदिने भन्दै विभिन्न ब्यक्तिहरुलाई झुटो आशवासन दिएर अन्तरबार्ताको लागि बोलाइएको बुझिएको छ  । अन्तरबार्ता लिन बिदेशीहरु नै आएको र अन्तरबार्तामा सहभागी हुन प्रति व्यक्ति २००० रुपैया लाग्ने र अन्तरबार्ता पास भएपछि प्रति व्यक्ति ३० लाख दिनुपर्ने भनिएको थियो ।

कास्की प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक मोहन थापाका अनुसार  अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट  खटिएको प्रहरी टोलीले अन्तरबार्ता चल्दै गरेको अबस्थामा ६ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्ने हरुलाई कास्की जिल्ला अदालतबाट ठगि मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कास्कीको  पोखरा महानगरपालका वडा नं. १३ पाटनवेशी बस्ने वर्ष ६५ की पार्वती सुनार, पोखरा महानगर वडा नं. ९ महेन्द्रपुल बस्ने वर्ष ३७ की रिता सुनार, स्याङ्जा जिल्ला फेदिखोला गा.पा. वडा नं. ३ बस्ने वर्ष ३२ की सिमा सुनार, काठमाण्डौ महा नगरपालिका १४ कलंकी बस्ने वर्ष ३८ को प्रदिप उपाध्याय, क्यानडाको अलवर्ट राज्य क्यालगोरी सिटी ठेगाना भएका वर्ष ४५ को राकेश जैसवाल र भारत मध्यप्रदेश भोपाल जिल्ला भोपाल नगर स्थायी ठेगाना वर्ष ३२ को ईस्मित कौर रहेका छन्  ।

११ माघ २०८०, बिहीबार १८:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा