Play

कास्कीको घान्द्रुकमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा कास्कीको पर्यटकीय गाउँ  घान्द्रुक मा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ अन्नपुर्ण गाउँपालिकाको वडा नं.१० र ११ को नागरिक सुनुवाई कार्यक्रम  घान्द्रुकमा सम्पन्न  गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक मोहन कुमार थापाको अध्यक्षतामा र  अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्ण बहादुर के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्नपूर्ण गाउँपालिकाका वडा नं. १० र ११ का वडाअध्यक्ष, जनप्रतिनिधी, विभिन्न संघ सस्थाका प्रतिनिधी, स्थानिय आमा समूह, युवा क्लवका
प्रतिनिधी, बुद्धिजिबी, भद्रभलादमीहरुको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पादन गरेका  काम कारवाही, जिल्लाको शान्ति  सुरक्षाको अवस्था , अपराध न्यूनिकरणको लागि गरिएका पहल, नविन कार्य र भावि कार्ययोजनाको विषयमा नागरिकलाई जानकारी दिने साथै नागरिकको गुनासो सुन्ने, विभिन्न  सुझाब सङ्कलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कास्की प्रहरीले जनाएको छ ।

कार्यक्रममा नागरिकबाट उठेका जिज्ञासा तथा गुनासोहरुको जवाफ कास्कीका प्रहरी प्रमुख तथा  प्रहरी उपरीक्षक मोहन कुमार थापाले दिएका थिए भने सोही अवसरमा कार्यक्रमको दोश्रो चरणमा प्रहरी बरिसठ नायब निरिक्षक् होत बहादुर रोकाहाले जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी प्रशिक्षण दिएको कास्की प्रहरीले जनाएको छ ।

५ माघ २०८०, शुक्रबार २१:५४ मा प्रकाशित
Nabintech