Play

बाग्लुंगको पन्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हुने, तयारीका लागि कास्कीमा समिति गठन, अध्यक्षमा बस्नेत

गुरुकुल खबर


पोखरा, बाग्लुंगको प्रसिद्ध पर्यटकीय क्षेत्र पन्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हुने भएको छ । आगामी फागुन ९ देखि २३ गते सम्म हुने महायज्ञको तयारी विभिन्न जिल्ला स्तरबाट समेत भैरहेको छ ।

श्री मुक्तिनाथ बाबाको संकल्पमा हुन लागेको यस महायज्ञमा धान्याचल, नवाचल, सवालाख श्रीफल होम, पन्चकोट पन्चकुण्डात्मक होम, नेपाली टोपी स्वर्णदान, अष्टधातु महातुलादान,सवा पाँच करोड़ दीपदान, पाठ पारायण र अन्य दानहरु लगायतका धार्मिक कामहरु गरिनेछ ।

२५ फ़िट अग्लो धान्यमौलोमा २१ हजार ५ सय ५५ संकल्पकर्ताहरुबाट प्रति व्यक्ति १ क्विन्टल धान अर्पण गरिने छ । धान्याचलको चारै तर्फ गोलाकारमा ९ वर्ष पुगेका नवकन्याको उचाईका ९ वटा नौलोहरु राखिने र त्यहां आफ्नो गाउंघरमा उत्पादित नव धान्य अर्थात जौ, तिल,धान, मकै गहुं, चना, मास लगायतले पुरिने छ ।महायज्ञ स्थलमा निर्मित विशाल होम कुण्डमा राष्ट्र समुन्नति, विश्व शान्ति र वैयक्तिक कार्यसिद्दीका लागि नरिवल भित्र ५४ प्रकारका हवनीय द्रव्यहरु राखेर होम गरिने बताईएको छ ।

यसका साथै आफ्नो तौल बराबरको अष्टधातु महातुला दान, भूमिदान गर्न ईच्छुकले भूमि वा त्यस बराबरको द्रब्यदान, आफ्नो तौल बराबरको तुला दान र सवा ५ करोड दीप दान हुने भएकोले सक्नेले सवालाख र नसक्नेले यथाशक्य ५ सुते बत्ती दान गर्न सक्ने व्यवस्था गरिएको छ । महायज्ञमा चार बेद, १८ पुराण,श्रीरामायण,श्रीमहाभारत,श्रीभागवतगीता, उपनिषद लगायतका धार्मिक ग्रन्थको सामुहिक पाठ पारायण गरिनेछ।

यसका साथै फागुन ९ गतेबाट २३ गतेसम्म प्रत्येक दिन दिउसो २ देखि ४ बजे सम्म उर्जा विकास, शिक्षा प्रणाली, न्यायिक पद्दती, कृषी, अर्थतन्त्र, समावेशिता, समाजसेवा, पत्रकारिता, शुसासन लगायतका विभिन्न विषयमा राष्ट्रिय विकास सम्मेलन हुने जनाईएको छ ।

पवित्र मुक्तिक्षेत्र शालग्राम बाहिनी, कृष्णागण्डकी, अन्नपूर्ण, धवलागिरी, हिमऋँखलाको काखमा रहेको प्रसिद्ध पन्चकोट धाममा हुने महायज्ञका कारण प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गौवंशको संरक्षणका लागि वैदिक सनातन हिन्दु समाजलाई प्रेरित गर्न, वैदिक सनातन हिन्दु धर्मको रक्षा गर्न र नेपाली समाजलाई पुनर्जागरण गराउन महायज्ञले सहयोग पुग्ने विश्वास लिईएको छ ।

यसैबिच पोखरामा सम्पन्न विशेष भेलाले सर्वसिद्दीधाम पन्चकोट बाग्लुंगमा हुने महायज्ञको तयारीका लागि कास्की जिल्ला स्तरीय समिति गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा पोखराका व्यवसायी तिर्थ बहादुर बस्नेतलाई राखिएको छ भने समितिको वरिष्ठ उपाध्यक्षमा चण्डिका प्रसाद पौडेल, उपाध्यक्षहरुमा क्रमशः तेज बहादुर भट्टराई, विष्णु प्रसाद पौडेल, रामप्रसाद बस्टाकोटी,र शंकर खराल, महासचिवमा नारायण प्रसाद पराजुली, कोषाध्यक्षमा बन्दना केसी, सचिवमा डा भोला नारायण रेग्मी, र डा भानुभक्त आचार्यलाई मनोनित गरिएको छ ।

महायज्ञ सम्पन्न गर्न गठित समितिको संरक्षकमा बिन्दु कुमार थापा, गणेश बहादुर श्रेष्ठ, धनराज आचार्य , नवराज शर्मा, शुक्रराज शर्मा, पं कमलनयन गौतम, तुलसा पाण्डे, किरण केसी, डा नारायण गौतम, लिलाभक्त आचार्य र तिर्थ श्रेष्ठ तथा सल्लाहकारहरुमा शारदा पौडेल, पवन प्रजापति,रामचन्द्र थापा, गंगाधर पराजुली, माधव सिग्देल एकनारायण शर्मा, विनोद ढुंगाना र भगवती अधिकारी लगायत रहेका छन ।

समितिको सदस्हरुमा उर्मिला बस्नेत, मिलन थापा, केदारराज सिग्देल, गोकर्ण कार्की, राधा कुंवर, भोज कुमारी कुंवर,  इन्दिरा कोईराला, मिना भट्टराई, मुना पराजुली, ईश्वरी कोईराला, सरिता बांस्तोला, दिनेश बांस्तोला, बलराम आचार्य, शान्ति सिग्देल, सिता शर्मा, रत्ना सिग्देल, माया कोईराला, सरस्वती पहारी, शोभा गौतम, शारदा बांस्तोला, टंक अघिकारी, कमला केसी, शर्मिला बांस्तोला, सिता भट्टराई, मथुरा सिग्देल, कमला राना, अम्बिका ढुंगाना, तारा कुंवर, भगवती केसी, कमला रायमाझी र पुजा कोईराला लगायतलाई राखिएको महायज्ञ आयोजक समितिका केन्दीय महासचिव महेश पराजुलीले गुरुकुल खवरलाई जानकारी दिएका छन ।

भेलाको आयोजना मुक्तिनाथ सन्त सेवा आश्रम र पोखरा उधोग वाणिज्य संघको संयुक्त रुपमा गरेका हुन । भेलामा डा भानुभक्त आचार्य, डा भोला नारायण रेग्मी, जगन्नाथ रेग्मी, चण्डिका पौडेल, मुक्तिनाथ सन्त सेवा आश्रमका अध्यक्ष महेश पराजुली, तिर्थबहादुर बस्नेत र गोदा सुबेदी लगायतले महायज्ञ सफल पार्न सबैको सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रम पोखरा उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




१७ पुष २०८०, मंगलवार २२:३७ मा प्रकाशित
Nabintech