Play

कांग्रेस निकट तमु संघको प्रदेश स्तरीय भेलाको तयारी तिब्र, विभिन्न १८ वटा उपसमितिहरु गठन

तमुलाई निर्णायक तहमा पुर्याउन आवश्यक रहेको केन्द्रीय अध्यक्ष गुरुडको भनाई


गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस निकट गुरुडं अर्थात तमुहरुको गण्डकी प्रदेश स्तरीय भेला आगामी माघको दोश्रो साता पोखरामा हुंदैछ । प्रदेश स्तरीय भेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न नेपाली कांग्रेस र विभिन्न जनवर्गिय संगठनहरुले समेत चासो देखाएका छन ।

यसै सन्दर्भमा नेपाली कांग्रेस निकट गुरुडंहरुको संस्था तमु ( गुरुडं) संघ नेपालको गण्डकी प्रदेश समितिले पोखरामा प्रदेश स्तरीय भेलाको लागि तयारी बैठक समेत आयोजना गर्यो ।

बुधवार पोखरामा आयोजित उक्त तयारी बैठकमा नेपाली कांग्रेसको विभिन्न तहका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । बैठकमा प्रदेश स्तरीय भेला सम्पन्न गर्न विभिन्न १८ वटा उपसमितिहरु गठन गरि तयारीलाई तिव्रता दिईएको जानकारी गराईएको थियो ।

गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न गर्न गठित मुल आयोजक समितिको संयोजकमा रामबहादुर गुरुङ र अन्य विभिन्न व्यक्तित्वहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छन ।

जस अनुसार आर्थिक उपसमिति संयोजकमा मिनबहादुर गुरुङ,.सामाजिक संघसंस्था समन्वय उपसमिति संयोजकमा गीमाया गुरुङ, तरुण एवम् नेविसंघ समन्वय उपसमिति तरुण संयोजकमा विकास गुरुङ र नेविसंघ संयोजकमा नसिव गुरुङ, सुरक्षा उपसमिति संयोजकमा डम्बरजंग गुरुङ, जनप्रतिनिधि समन्वय उपसमिति संयोजकमा देविजंग गुरुङ साँस्कृतिक उपसमिति संयोजक कृष्णकुमार गुरुङ, स्वागत सत्कार उपसमिति संयोजक दिलमाया गुरुङ र प्रचारप्रसार उपसमिति संयोजकमा भूपाल गुरुङलाई राखिएको छ ।

यसैगरी मञ्च व्यवस्थापन उपसमिति संयोजकमा जसबहादुर गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेश,जिल्ला तथा इकाई समन्वय समिति संयोजकमा सीता गुरुङ, खाना तथा आवास व्यवस्थापन उपसमिति संयोजकमा जीतबहादुर गुरुङ, अतिथि समन्वय तथा व्यवस्थापन उप समिति संयोजकमा भुवनसिंह गुरुङ, महासमिति एवम् महाधिवेशन प्रतिनिधि समन्वय उपसमिति संयोजकमा डा.टकराज गुरुङ, भातृ एवम् शुभेच्छुक संघ समन्वय उपसमिति संयोजकमा आशबहादुर गुरुङ, भूपू सैनिक समन्वय उपसमिति संयोजकमा खम्बासिंह गुरुङ, प्रजातन्त्र सेनानी तथा शहिद परिवार समन्वय उपसमिति संयोजकमा टिकाबहादुर गुरुङ र यातायात व्यवस्थापन तथा जनसम्पर्क उपसमिति संयोजकमा लेखबहादुर गुरुङलाई जिम्मेवारी दिईएको छ ।

सम्मेलन सफल पार्न पुर्व तयारी स्वरूप आयोजित बुधवारको बैठकमा तमु गुरुड संघका गण्डकी प्रदेश अन्तर्गतका सबै जसो जिल्लाबाट प्रतिनिधिहरु सहभागी थिए ।

तमु संघका प्रदेश संयोजक राम बहादुर गुरुडको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष भुवन सिंह गुरुडंको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकमा विभिन्न उप-समितिका संयोजकहरुले आआफ्नो समितिको तर्फबाट भएको तयारीको बारेमा जानकारी गराउंदै प्रदेश स्तरीय सम्मेलन सफल पार्न गर्नुपर्ने क़ामको बारेमा चर्चा गरेका थिए ।

सोही विशेष बैठकमा सहभागी नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले भेलाको सफलताको शुभकामनासंगै युवाको अभाव देखिरहेको नेपाली काँग्रेसमा तमु संघ नेपालले युवा केन्द्रित राजनीति गर्न र नेपाली कांग्रेसको राजनीतिमा युवाहरुलाई आकर्षित गर्ने किसिमले संगठन सुदृढ़ गर्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष भुवनसिंह गुरुङले राजनीतिक रुपमा तुमहरुलाई सशक्त बनाउन र राजनीतिको निर्णायक तहमा तमुहरुको प्रतिनिधित्व गराउनको लागि संघको आवश्यकता परेको भन्दै संघले त्यसका लागि पार्टी समक्ष दवाव मुलक कार्यक्रम समेत गर्नुपर्नेमा जोड़ दिए ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नेपाली काँग्रेससंग आबद्ध जातिय संगठनको हरेक कार्यक्रमहरुमा पार्टीले अनिवार्य साथ दिने बताए ।

संघका संस्थापक अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद डा. टकराज गुरुङले समावेशी सहभागिता र समुन्नत राष्ट्र निर्माणकालागि तमु संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका अर्का सांसद सरस्वती गुरुङले भेलालाई ऐतिहासिक बनाउन आफुनो तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धना व्यक्त गरिन् ।

कार्यक्रममा  मादी गाँउपालिकाका अध्यक्ष देवीजंग गुरुङ, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ,  नेपाल साँस्कृतिक महासंघका केन्द्रिय सदस्य कृष्णकुमार गुरुङ, नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य गल गुरुङ, नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ कास्कीका सचिव रीता गुरुडं लगायत विभिन्न जिल्लाबाट सहभागि प्रतिनिधिहरुले समावेशी लोकतन्त्र, समावेशी प्रतिनिधित्व र तमु एकताका लागि भेला आवश्यक रहेको बताएका थिए ।

१२ पुष २०८०, बिहीबार १६:५५ मा प्रकाशित
Nabintech