पोखरा, कास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरीएको । परापुर्व कालदेखि दशैमा पाणा पुजारी नवरात्र भर दरवारमा बस्ने गर्दछन् । विश्व शान्तीको कामना गर्दै आज भारद्रारी चौतारामा जम्मा भई मन्दिरममा घटस्थापना गरीएको गुप्तकालि काश्य धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव समेत सुरु भएको छ ।
परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।
नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् ।