Play

कास्की दरवारमा विधिवत रुपमा घटस्थापना

गुरुकुल खबर


पोखरा, कास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा  घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरीएको । परापुर्व कालदेखि दशैमा  पाणा पुजारी नवरात्र भर दरवारमा बस्ने गर्दछन् । विश्व शान्तीको कामना गर्दै आज भारद्रारी चौतारामा जम्मा भई मन्दिरममा घटस्थापना गरीएको गुप्तकालि काश्य धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव समेत सुरु भएको छ ।

परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको  मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ  घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने  धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।

नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए  । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् ।

यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तीको कामना गर्दै विशेष पुजा सुरु भएको छ । बडा दशैंको फुलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रीक पुजा गरीने त्रिपाठीले बताए ।
 उनले भने फुलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ ।  दशमीमा  मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा  विर्सजन हुने छ ।यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत हुने छ ।

२९ आश्विन २०८०, सोमबार १४:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा