पोखरा, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको बार्षिक साधारण सभा एबम पाँचौं महाधिबेशन आगामी शनिबार (कार्तिक १४ गते) पोखरामा हुँदैछ। महाधिबेशनबाट नेतृत्वमा पुग्नको लागि निर्बाचन समितिले निर्धारण गरेको कार्यक्रम अनुसार बुधवार बेलुका ७ बजे सम्ममा (नेपाली समय अनुसार) अध्यक्ष सहित बिभिन्न पदमा उमेदवारी दर्ता भैसकेको जानकारी निर्बाचन समितिका संयोजक बिमल सुबेदीले गुरुकुल खबरलाई दिएका छन। उमेदवारी दर्ता गरेकाहरु मध्ये कसैले उमेदवारी फिर्ता गर्न चाहेमा आज बिहिबार ४ बजेसम्मको लागि समय निर्धारण गरिएको सुबेदीले बताए ।
उमेदवारी दर्ता गर्नुपूर्व सम्भवभएसम्म सहमतीको आधारमा नेतृत्व चयन गर्ने किसिमले गृहकार्य गरिएको र सोहि अनुरुप अधिकांश पदमा आबश्यकता अनुसारको उमेदवारी परेको तर उपाध्यक्ष पदमा भने आबश्यकता भन्दा बढी उमेदवारी परेको कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब केदार कुँवरले गुरुकुल खबरलाई जानकारी दिए। एकल वा आबश्यकत बमोजिम मात्र उमेदवारी परेको भएपनि निर्बाचन समितिले उनीहरु निर्बिरोध निर्बाचित बनेको घोषणा भने गरिसकेको छैन ।
निर्बाचन समितिले सम्पूर्ण निर्बाचन प्रक्रिया टुंग्याएपछि यहि कार्तिक १४ गते शनिबार पोखरा- १६ मा रहेको ढिकीडांडा रिसोर्टमा आयोजना हुने कास्की समाजको नबौं साधारण सभा एबम पाँचौं महाधिबेशनको अबसरमा उनीहरु निर्बाचित भएको औपचारिक घोषणा गरिनेछ। उपाध्यक्ष पदमा सम्भव भएसम्म सहमति कायम गराएर उमेदवारी फिर्ता गराउने र सहमति कायम हुन् नसके मतदानको माध्यमबाट उपाध्यक्षहरु चयन गरिने निर्बाचन समितिका सदस्य कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए।
जसअनुसार अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा शिब बानिंयाको एकल उमेदवारी परेको छ। उनि यस अगाडी पनि संस्थाको अध्यक्षको जिम्मेवारीमा थिए पोखरा -१८ सराँगकोट घर भएका बनिया करिब डेढ दशकदेखि अमेरिकामा बस्दै आएको छन। उनको पालामा दुबईमा कास्की समाजको विश्व सम्मेलन समेत सम्पन्न भएको थियो।

यस बाहेक उनको नेतृत्वमा रहेको कार्यसमितिले बिभिन्न मुलुकमा रहेका कास्की जिल्लाबासीहरुलाई संस्थामा जोड्ने प्रयास गरिरहेको छ। सोहि अनुरुप हाल कास्की अन्तराष्ट्रिय समन्वय परिषदमा २१ मुलुकका २२ वटा राष्ट्रिय समिति आबद्ध भैसकेको र अन्य ६ मुलुकमा राष्ट्रिय समिति बनाएर अन्तराष्ट्रिय सामान्य परिषदमा आबद्द गराउने प्रक्रिया अगाडी बढेको बुझिएको छ। संस्थाले कास्की जिल्लाको सामाजिक, शैक्षिक, प्राकृतिक बिपत्ती एबम बिपन्न र असहायहरुको लागि बिभिन्न किसिमको सहयोग समेत गर्दै आएको छ।
कार्यसमितिको अन्य धेरै पदमा पनि आबश्यकता अनुसारको उमेदवारी परेको भएपनि उपाध्यक्ष पदमा भने आबश्यकता भन्दा धेरै उमेदवारी दर्ता भएको छ। निर्बाचन समितिका अनुसार परिषदको बरिष्ठ उपाध्यक्षमा बिकास शाही र महिला उपाध्यक्षमा पुजा शाह ठकुरीको मात्र उमेदवारी परेको छ । विकास शाही यस अगाडी परिषद्को उपाध्यक्षको जिम्मेवारीमा थिए भने पुजा शाह यस अगाडी समितिको सचिवको जिम्मेवारीमा थिईन।
उपाध्यक्ष पदमा भने आबश्यकता भन्दा धेरै उमेदवारी परेको निर्बाचन समितिले जनाएको छ । जस अनुसार खुल्ला उपाध्यक्ष पदमा दिपक थापा, सन्तोष तिमिल्सिना, इन्द्रकमल राजभाट, प्रबिण गिरि र अमर सापकोटाले उमेदवारी दर्ता गराएका छन । परिषद्को विधानमा ३ जनामात्र खुल्ला उपाध्यक्ष रहने ब्यबस्था छ। उनीहरुमध्ये दिपक थापा यस अगाडी सह कोषाध्यक्षको जिम्मेवारीमा, सन्तोष तिमिल्सिना उपाध्यक्षको जिम्मेवारीमा, इन्द्रकमल राजभाट यस अगाडी संस्थाको उपमहसचिबको जिम्मेवारीमा थिए।
समितिको महासचिबमा अगन्धर देवकोटाको पनि एकल उमेदवारी परेको छ। कास्कीको लुम्ले घर भएका देवकोटा हाल रोजगारीको शिलशिलामा कतारमा छन। हालका महासचिब केदार कुँवरले कुनै पनि पदमा उमेदवारी नदिएपछि उनको ठाउँमा देवकोटाको उमेदवारी परेको हो।
यसैगरी उपमहासचिबमा राजेन्द्र गौतम, सचिबमा नबिन पौडेल र रमेश क्षत्री खत्री, महिला सचिबमा कान्ति तिमिल्सिना अधिकारी, कोषाध्यक्षमा विश्वबन्धु थापा, सहकोषाध्यक्षमा तिर्थराज भण्डारी, महिला संयोजकमा श्रीमती बिन्दु गौतमको मात्र उमेदवारी परेको छ। रमेश खत्री यस अगाडी समितिको प्रबक्ता थिए भने कान्ति तिमिल्सिना समितिमा महिला संयोजक र विश्वबन्धु थापा समाजको नेपाल च्याप्टरको अध्यक्षको जिम्मेवारीमा थिए।
यसबाहेक क्षेत्रिय संयोजक पदहरुमध्ये अमेरिका क्षेत्रिय संयोजकमा डम्बरजंग गुरुङ र मध्यपुर्व क्षेत्रिय संयोजकमा प्रकाश बिश्वकर्माको उमेदवारी परेको भएपनि अन्य क्षेत्रिय संयोजकहरु र युवा संयोजक, महिला उपसंयोजक र युवा उपसंयोजकमा कसैको पनि उमेदवारी परेको छैन ।
बुधवार पोखरामा हुने साधारणसभा एबम महाधिबेशनमा बिभिन्न मुलुकको राष्ट्रिय समितिबाट प्रतिनिधित्व गर्ने महाधिबेशन प्रतिनिधिहरुको डिजिटल र फिजिकल उपस्थितिमा महाधिबेशनको प्रक्रिया संचालन गरिनेछ । साधारण सभामा संस्थाको बार्षिक एबम सांगठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिने र भावी नीति र कार्यकर्म समेत तय गरिने बुझिएको छ ।
अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष बिकास अधिकारीका अनुसार संस्थाले बिगत दुई बर्षको कार्यकालमा बिभिन्न किसिमको सहयोग र विश्व सम्मेलन समेतका गतिबिधि संचालन गर्दा करिब ६० लाख जतिको आर्थिक कारोबार भएको जानकारी दिएका थिए। करिब डेढ दशक अगाडी कतारमा रहेका कस्केलीहरुले कास्की आदर्श समाजको स्थापना गरेको र त्यसलाई बिस्तार गर्दै जाने क्रममा हाल २१ वटा मुलुकमा २२ वटा राष्ट्रिय समिति बनिसकेको छन भने केहि मुलुकमा राष्ट्रिय समिति बन्ने प्रक्रियामा रहेको बताइएको छ।
यसैबीच, कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न महाधिबेशन र नेपालीहरुको प्रमुख चाड दशैं तिहारसमेतको सन्दर्भ पारेर कास्की आदर्श समाज नेपालले गत सोमबार भेटघाट एबम शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो । नेपाल च्याप्टरका अध्यक्ष पुजा गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बनियाले संस्थासमुहिक प्रयासबाट बनेको संस्थालाई जोगाउनु सबैको दायित्व हो भन्दै अब बन्ने समितिले संस्थाको नयाँ कार्यालय भवन निर्माणको अभियानलाई सफल पार्ने बिश्वास व्यक्त गरेका थिए। उनले आंफ्नो दुई बर्षे कार्यकालमा सबै साथीहरुबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरेका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना, महासचिब केदार कुँवर, उपाध्यक्ष सन्तोष तिमिल्सिना, कोषाध्यक्ष बिकास अधिकारी, प्रबक्ता रमेश खत्री, संरक्षक् एबम सल्लाहकारहरु निरज थापा, गणेश पहारी, प्रकाशलाल श्रेष्ठ, गंगाधर पराजुली, नेपालका बरिष्ठ उपाध्यक्ष हरी ढकाल, सचिब गीता तिवारी, समाजको बिभिन्न जिम्मेवारीमा रहेका आशबहादुर गुरुङ, शिब लामिछाने, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, तुलसा क्षेत्री, ऋषिराम आचार्य, रामदास भुर्तेल, माया गुरुङ, शिब ढुंगाना लगायतले आंफ्नो भनाई राख्दै संस्थालाई थप बलियो बनाउन र नेपालीहरुले मनाउने बिभिन्न चाडबाडको शुभकामाना समेत दिएका थिए।













