Play

कास्कीको माछापुच्छ्रेमा सामुहिक कुटपिटबाट युवकको मृत्यु, घटनामा संलग्न रहेको आरोपमा पांच पक्राउ

गुरुकुल खबर


पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ घिप्लेमा सामान्य विवादलाई लिएर भएको कुटपिटका कारण  २२ वर्षीय राजेन्द्र पौडेलको ज्यान गएको छ । घरायसी बिबाद बढ्दै गएपछि आंफ्ना छिमेकीहरुको सामुहिक कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ५ जना युवालाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

पौडेलमाथि भएको कुटपिट एबम उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा माछापुच्छ्रे गाउँपालिका ७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षका आशिष गुरुङ, ३० वर्षका महादेव विक, मिलन विक र ३८ वर्षका लिलबहादुर पुन रहेको छन् । घटनास्थलबाट प्रहरीले घटनामा प्रयोग गरिएका २ थान बाँसको भाटा, १ थान दाउरो, १ थान हँसिया, बियरको बोतलका टुक्राहरू र पानीको बोतल बरामद गरेको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

घटना विवरण अनुसार गत सोमबार बिहान सवा ८ बजे  पौडेलको मृत शरीर उनको आफ्नै घरभन्दा करिब ५० मिटर पूर्वतर्फ रहेको बारीमा फेला परेको थियो ।  नग्न अबस्थामा भेटिएको शरीरको बिभिन्न भागमा निलडाम, घाउचोट देखिएको थियो । घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी चौकी धम्पुस, जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले दिएको विवरण अनुसार अघिल्लो साँझ कात्तिक ८ गते राजेन्द्रले पर्यटकको भारी बोकेर कमाएको पैसाबाट साथीहरूलाई मदिरा र बियर खुवाउने निधो गरेका थिए । त्यसपछि उनले नजिकका छिमेकका साथीहरुलाई बोलाए खानपिन गर्दा पौडेलले नजिकै रहेको मौरीको घारमा लात्तीले हानेपछि उनीहरको बिचमा आन्तरिक बिबाद बढेको बताइन्छ। विवाद बढ्दै गएपछि पौडेलले साथी आशिषको खुट्टामा हँसियाले हानिदिए । अर्का साथी मिलनलाई पनि घाँटीमा प्रहार गरे । त्यतिबेलासम्म झगडा सामान्यजस्तै देखिएको थियो । सबैजना छुट्टिएर आ–आफ्नो घरतिर लागे ।

घर पुगेपछि हँसियाको चोट खाएका आशिषमा बदला लिने सोच आयो, अनि राति १२ बजेतिर उनले सँगै रक्सी पिएर छुट्टिएका विक्रम र लिलबहादुरलाई फोन गरेर बोलाए । अरू २ जना साथीहरूलाई पनि लिएर उनीहरू राजेन्द्रको घरमा पुगे । त्यसपछि उनीहरुले भाटा, मुक्का र लात्तीले हान्दै घाइते बनाए । त्यसपछि उनलाई घिसारेर बारीमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक बिरेन्द्र पासवानका अनुसार उक्त घटना योजनाबद्ध रुपमा गरिएको पुष्टी नभएपनि आवेग र उत्तेजनामा आएर कुटपिट गरेको कारण उनको हत्या भएको बताइन्छ।

साथीहरुसँग खानपिनमा बस्नु अघि पौडेलले आफ्नै भिनाजुसँग पनि विवाद गरेको खुल्न आएको सूचना अधिकारी पासवानले बताए । पौडेलले आफ्नो मोवाइल हराएको भन्दै भिनाजुको मोबाइल माग्दा नदिएपछि त्यसको बदलामा भिनाजुको मोबाइल फुटाइदिएका थिए । त्यसपछि उनि  हँसिया लिएर निस्किएका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

११ कार्तिक २०८३, बुधबार २२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा