पोखरा, पोखरा महानगरपालिका –६ लेकसाइडमा नवजात शिशुलाई शौचालयको च्याम्बर भित्र फ्याँकेर फरार भएकी एक महिला पक्राउ परेकी छन । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ३ गते साँझ लेकसाइडको स्ट्रिट नम्बर ८ स्थित एक घरको शौचालयको च्याम्बरमा नवजात शिशुको शव फेला परेको थियो । शौचालय जाम भएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा सालनाल सहितको पुरुष शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट पोखरा -२१ माइतीघर भएकी १९ बर्षीय निरुता नेपाली र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का राजन सार्कीबीच २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको छ । उनका पति राजन सार्कीका अनुसार २०८२ माघ महिनामा उनी गर्भवती भएको थाहा पाएपछि उनीहरूबीच भेटघाट भएको थिएन । निरुता पोखराको लेकसाइडमा डेरामा एक्लै बस्दै आएकी थिइन् भने फोन सम्पर्क हुँदा उनले आफूले बच्चा फालिसकेको बताउने गरेको प्रहरी समक्ष अर्जुनले बताएको छन।
प्रहरीका अनुसार शिशुको हत्यामा संलग्न भएको आरोपमा निज निरुता नेपालीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।













