Play

एयरपोर्ट बाहिर बरामद करिव एक क्वीन्टल सुन जोख्ने प्रक्रिया सुरु, जोखाईपछि सुनको एकिन मात्रा पत्ता लाग्ने

गुरुकुल खबर


पोखरा, राजस्व अनुसन्धान विभागले बरामद सय किलो सुन जोख्ने काम अगाडि बढाएको छ । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अघि बढिसकेको हो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको थियो । एक सय किलो सुन भन्दै आइए पनि खास बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन।

ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको आँकलन छ । अब यसलाई जोखेर यकिन गर्न लागिएको हो। ‘आजदेखि सुन पकाल्ने काम सुरु हुन्छ। पगालेपछि सुनको के कति हो एकिन गर्न सकिन्छ। त्यसका लागि अहिले छलफलल भइरहेको छ’, आचार्यले संचारकर्मीसँग भनेका छन् ।

एयरपोर्टबाट बाहिर लगिएको सुन राजश्व अनुसन्धानको टोलीले बरामद गरेको थियो । यस घटनामा थुप्रै व्यक्ति पक्राउ परिसकेका छन् । पछिल्लो क्रममा राजश्व अनुसन्धानले यो विषय अनुसन्धानको जिम्मा सीआईवीलाई जिम्मा लगाएको छ ।

२९ श्रावण २०८०, सोमबार १४:१३ मा प्रकाशित
Nabintech