Play

एयरपोर्ट बाहिर बरामद करिव एक क्वीन्टल सुन जोख्ने प्रक्रिया सुरु, जोखाईपछि सुनको एकिन मात्रा पत्ता लाग्ने

गुरुकुल खबर


पोखरा, राजस्व अनुसन्धान विभागले बरामद सय किलो सुन जोख्ने काम अगाडि बढाएको छ । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अघि बढिसकेको हो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको थियो । एक सय किलो सुन भन्दै आइए पनि खास बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन।

ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको आँकलन छ । अब यसलाई जोखेर यकिन गर्न लागिएको हो। ‘आजदेखि सुन पकाल्ने काम सुरु हुन्छ। पगालेपछि सुनको के कति हो एकिन गर्न सकिन्छ। त्यसका लागि अहिले छलफलल भइरहेको छ’, आचार्यले संचारकर्मीसँग भनेका छन् ।

एयरपोर्टबाट बाहिर लगिएको सुन राजश्व अनुसन्धानको टोलीले बरामद गरेको थियो । यस घटनामा थुप्रै व्यक्ति पक्राउ परिसकेका छन् । पछिल्लो क्रममा राजश्व अनुसन्धानले यो विषय अनुसन्धानको जिम्मा सीआईवीलाई जिम्मा लगाएको छ ।

२९ श्रावण २०८०, सोमबार १४:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा