Play

पोखराका पाँच औषधी पसलमा अनुुगमन

गुरुकुल खबर


पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा औषधी पसल अनुुगमन गरेको छ ।

प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए । अनुुगमन टोलीले औषधीको मूल्य सूूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुुगमन गर्दै आएको छ ।

९ श्रावण २०८०, मंगलवार १३:४६ मा प्रकाशित
Nabintech