Play

नेपाली बजारमा सुन अहिले सम्मकै महंगो

गुरुकुल खबर


पोखरा, नेपाली बजारमा सुन अहिले सम्मकै महंगो मूल्यमा विक्रीवितरण भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।

बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छर यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यस भन्दा पहिला १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको महासंघले जनाएको छ ।

विहीबार प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको महासंघले उल्लेख गरेको थियो ।

४ श्रावण २०८०, बिहीबार १४:४९ मा प्रकाशित
Nabintech