Play

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था नरहेको बताएका छन ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ समितिले आयोजना गरेको स्थानीय विकासमा नेपाली कांग्रेस र जनप्रतिनिधीहरुको भुमिका विषयक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मुख्य मन्त्री पाण्डेले भने, अहिले यस अगाडीको सरकारको दायित्व नै धेरै छ, संघीय सरकारले दिने अनुदानमा कटौती भएको छ,राजस्व घटेको छ त्यसमाथी प्रदेश सरकारको आफ्नो श्रोत अत्यन्त कम छ तसर्थ अर्काको भर परेर बजेट बनाउने हैन, केही लगानी गर्ने र केही नया क्षेत्रबाट आम्दानी गर्न नियम कानुन समेत परिवर्तन गर्नुपर्ने आवश्यकता छ । तसर्थ बजेटको आकार ३२ अर्व भन्दा बढाउन सक्ने अवस्था छैन ।

सरकारी कार्यालयमा टाईम कार्ड,लोकल रक्सीको ब्राण्डिंग,गाँजाको व्ववसायिक खेती प्राथमिकतामा,मेरो कारणले तपाईको शिर निहुरिन दिने छैन,ढुक्क हुनुस,

मुख्य मन्त्रीको रुपमा आफुले असल नियतका साथ सत्प्रयास गर्ने भएकोले आफुमाथी शंका नगर्न पाण्डेले कार्यकर्तासंग आग्रह गरे, यसै प्रसंगमा उनले भने- मेरो कारणले तपाईको शिर निहुरिन दिने छैन, ढुक्क हुनुस ।

मुख्य मन्त्री पाण्डेले गाँजा खेतीलाई नियमन गरि व्यवसायिक रुपमा उत्पादन गर्न सके राम्रो हुने थियो तर संघीय कानुनले रोकेको छ, त्यसैगरि स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्राण्डिंग गरेर जापान, कोरीया र चिनको जस्तो स्थानीय रक्सीको जस्तै व्यवसाय गर्न दिने आफ्नो सोचाई रहेको पाण्डेले उल्लेख गरे ।

जनतालाई उत्पादन संग जोड्न नसके भौतिक पुर्वाधारको विकासले मात्र देशको समृद्धि र जनताको चाहना पुरा नहुने बताएका छन। जनतामा विधमान असन्तुष्टीलाई सम्बोधन गर्न नसक्दा सरकार र पार्टी प्रति असन्तुष्टी बढ्ने, युवाहरुमा बिदेश पलायनको क्रम बढ्ने लगायतका समस्या देखिएको मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले बताए ।

हिजोको विवेकशिल साझा जहां गएर विसर्जन भए अहिलेको पार्टीको विसर्जन पनि त्यही गएर हुनेछ

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै भने – हिजो विवेकशिल साझा पार्टी जन्मिंदा जस्तो माहौल कांग्रेस विरुद्ध थियो त्यस्तै माहौल अहिले पनि देखिएको छ,अनि हिजोको विवेकशिल साझाका अध्यक्ष रविन्द्र मिश्र जहां गएर विसर्जन भए अहिलेको पार्टीको विसर्जन पनि त्यही गएर त्यसैगरि हुनेछ ।

मुख्य मन्त्री समेत रहेका कांग्रेस नेता पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामीछाने र स्वर्णिम वाग्ले प्रति लक्षित गर्दै भने – नेपाली कांग्रेस संग इतिहास पनि छ गर्व गर्नुपर्छ तर ग्रोसरी पसल खोल्नेहरु, अमेरिकामा डलर कमाएर बस्नेहरु र वर्ल्ड बैंकमा काम गर्नेहरुले भनेको कुराको मात्र पछि नलागौं, उनिहरुको इतिहास छैन भनेर ईतिहासमा गर्व गर्न नछोडौं। उनले भने “मेरो यो कुरा सोसल मिडियामा गए मलाई नै रिप लेख्ने छन ।”

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले राम्रो गरिदिए हुन्थ्यो भन्ने अपेक्षा मात्र जनताले राखेको छन भन्दै प्रदेश र स्थानीय मात्र नभएर केन्द्रको सरकार समेत कांग्रेसको पक्षमा रहेको बेला कांग्रेस नेता कार्यकर्ता चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए ।

चोर्ने,फोड्ने,लुटपाट गर्नेहरु समेत संसदमा पुगेको र कांग्रेस भीत्र समेत त्यस्ता पात्र रहेको भन्दै शर्माले कांग्रेस भीत्रका कमजोरी कांग्रेसले नै सुधार गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य खेमराज पौडेलले जनप्रतिनिधी र पार्टीका साथीहरु बिच समन्वय गरेर अगाडी बढ्नुपर्ने खांचो औल्याए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस कार्कर्ताहरु उत्पादन संग जोडिन नसक्ने हो भने पार्टीले गर्ने यस किसिमका भेला र सभाको कुनै अर्थ नरहने बताए । उनले कृषि कर्म गर्न नचाहने कांग्रेस नेता कार्यकर्तालाई समुदायले प्रश्न गर्ने बेला आएको बताए । सभापति बरालले पार्टीको विधि विधान अनुसार संगठन सुदृढ़ गर्न, पार्टीमा ग़लत गर्ने, अनुशासन उलंघन गर्ने र आधिकारिक उमेदवार हराउन लाग्नेहरुलाई कडा कारबाही गर्न सके मात्र पार्टी सुदृढ़ हुने दावी गरे।

संविधान सभा सदस्य एवं कांग्रेस नेतृ शारदा पौडेलले गण्डकी प्रदेश सरकारले बजेट र योजना बनाउंदा कास्की -३ लाई प्राथमिकतामा राख्न आग्रह गरिन।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पोषनाथ शर्माले जनप्रतिमिधीहरुले राम्रो काम गरेमा कांग्रेसका सबै तहका नेता कार्यकर्ताको साथ र समर्थन रहने भन्दै व्यक्तिगत स्वार्थ अनुसार जनप्रतिनिधीले काम गर्दा सार्वजनिक रुपमा आलोचना हुने गरेको स्पष्ट पारे । उनले कांग्रेस प्रति आम कार्यकर्ताको निराशा र चिन्ता बढेको भन्दै नेतृत्वले गम्भीर भएर काम गर्न आग्रह गरे।

पोखरा महानगरपालिका -२ का वडाध्यक्ष दिवसमान प्रधानांगले जनप्रतिनिधीले राम्रो काम गरेपनि पार्टीका नेता कार्यकर्ताले जस नदिने र चोक चियापसलमा कुरा काट्ने गरेकोले पार्टी कमजोर बन्दै गएको बताए ।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशका सांसद प्रकाश बरालले चुनाब जितेपछि पार्टी र जनप्रतिनिधीबिच समन्वय हुन नसकेको भन्दै टोल विकास र वडा तहबाट योजना आउनुपर्ने भएपनि पार्टीका जिम्मेवार नेता समेत यस विषयमा गैर जिम्मेवार बनेको भन्दै आक्रोस पोखे । उनले कुनै पदमा नियुक्ति लिंदा योगदान र क्षमता भन्दा चाकडी, आफन्तबाद र नाताबादले प्राथमिकता पाउने गरेको बताए ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुडंले कांग्रेस कार्कर्ताहरु निराश हुनुपर्ने अवस्था नरहेको भन्दै कास्की क्षेत्र नं ३ अन्तर्गत प्रदेश, गाउंपलिका र वडाका बहुसंख्यक जनप्रतिनिधी कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरु रहेकोले जनताको चाहना र आवश्यकता पुरा गर्न समन्वयात्मक ढंगले काम गर्न आग्रह गरे ।

नेपाली कांग्रेस माछापुच्छ्रे गाउंपालिकाका सभापति वीरेन्द्र गुरुडले स्थानीय, प्रदेश र संघिय सरकारको बिचमा प्रभावकारी समन्वय हुनसके समृद्धिको अभियान सफल हुने विश्वास व्यक्त गरे । अहिले नेपाली कांग्रेसका जनप्रतिनिधीहरुलाई काम गर्न राजनीतिक रुपमा अनुकूल अवस्था रहेकोले पनि जनता र आफ्नो क्षेत्रको विकासको लागि लाग्नुपर्ने खांचो औल्याउंदै उनले संकटपूर्ण अर्थतन्त्रका कारण केही चुनौती हरु भने रहेको बताए ।

नेपाली कांग्रेस कास्की ३ का सचिव मेख बहादुर तामांगले कास्की ३ पर्यटकीय एवं धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्य रहेको तर यस क्षेत्रबाट विकासको लागि लबिडंग गर्न सक्ने सक्षम नेतृत्वको अभावका कारण बिकासमा पछि परेको भन्दै चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ६ का सभापति सन्तोष पौडेलले पार्टीको अधिवेशनमा हुने आन्तरिक द्वन्द्व र पार्टीमा योग्यता र क्षमताको कदर गर्ने प्रवृत्ति बढेकोले पार्टी कमजोर बन्दै गएको भन्दै जनप्रतिनिधीहरु र पार्टी जिम्मेवारीमा रहेका व्यक्तित्वहरुले ऐन कानुन विधी र प्रक्रिया बुझ्न र पारदर्शी ढंगले काम गर्न आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष एवं प्रवक्ता मोतीराज तिमिल्सिनाले पार्टी र जनप्रतिनिधीहरुको बिचमा समन्वय हुनुपर्ने र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

माछापुच्छ्रे गाउं पालिकाका अध्यक्ष मिन बहादुर गुरुडंले जनप्रतिनिधीहरु पार्टीको कार्र्यक्रममा भन्दा अन्य कार्यक्रम र बैठकमा व्यस्त हुनुपर्दा पार्टीलाई समय नदिएको भन्ने गुनासो आउने गरेको भन्दै आफ्नो क्षेत्रको बिकासको लागि भने आफुहरुले निरन्तर पहल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा पार्टीका क्षेत्रीय उपसभापति पुष्पेन्द्र पाण्डे र सचिव लक्ष्मी प्रसाद पौडेल लगायतले आआफ्नो भनाई राखेका थिए ।

१३ जेष्ठ २०८०, शनिबार १८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा