Play

राजस्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण

गुरुकुल खबर


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त भएका झलकराम अधिकारीले बुधबार पदभार ग्रहण गरेका छन् ।

महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन्।

अधिकारी भने यसअधि ४ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए।

अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए।

अधिकारी यसअघि वातावरण विभागका महानिर्देशक भैसकेका छन्। यस्तै राजस्वमा काम गरेको अनुभव पनि रहेको छ। उनी ठुला करदाता कार्यालयमा प्रमुखका रुपमा काम गरिसकेका छन्। यस्तै तालिम केन्द्रका प्रमुखका रुपमा पनि काम गरिसकेका छन्।

१ असार २०७९, बुधबार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा