काठमाडौँ, नेपाली कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका पोखराका दुईजना महिला नेतृहरुमध्ये पोखराकी लक्ष्मी पाण्डे निर्बाचित हुँदा पोखराकै नम्रता बराल भने पराजित भएकी छन। केन्द्रीय सदस्यमा बिजयी पाण्डेले २ हजार ७०० मत पाएकोमा बरालले भने १ हजार ५२४ मत मात्र पाएकी छन। १५ जना महिला केन्द्रीय सदस्य पदका लागि भएको त्यस क्लस्टरको निर्बाचनमा ३६ जना उमेदवारहरु चुनाबी प्रतिष्पर्धामा रहेकोमा कास्कीको क्षेत्र न. २ अन्तर्गत पोखरा -१६ की पाण्डे आठौँ स्थानमा र पोखरा -१७ की बराल २६ औं स्थानमा परेकी छन।
यसैगरी कास्कीको छिमेकी जिल्ला स्याङ्गजाकी कल्पना तिवारी, पर्वतकी मुना भुषाल, तनहुँकी चिनु पोखरेल लगायतले पनि बिजय प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। महिला तर्फको केन्द्रीय सदस्यमा निर्बाचित भएकाहरु मध्ये वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थान र उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा बिजयी हुँदा निमा गिरीले ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेकी छन् ।
चर्चित लोक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर पनि सोही समुहबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । यसैगरी कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा निर्वाचित भएका छन। केन्द्रीय सदस्यमा विनिता खड्का पनि निर्बाचित हुनेमा परेको भएपनि उनीमाथि मुद्दा रहेकाले निर्वाचन समितिले उनी बिजय भएको कुरा घोषणा गर्न होल्ड गरेको छ । उनी आरोपमुक्त भएपछिमात्र उनलाई निर्वाचित घोषित गरिने बुझिएको छ ।
यसैगरी बिजयी हुने अन्य केन्द्रीय सदस्यहरुमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, गीता सत्याल, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन्। यसैगरी गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फको १५ जनाको कोटामा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूको बिचमा प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मत गणना गर्ने कार्य जारी छ। (तस्बिरको बिचमा पोखराकी लक्ष्मी पाण्डे र नम्रता बराल)















