काठमाडौँ, नेपाली कांग्रेसको महाधिबेशन अन्तर्गतको जारी मतगणनामा आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला तर्फका केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । सार्बजनिक भएको मतगणनाको परिणाम अनुसार जनजाति महिलातर्फ ३४ उम्मेदवारबाट६ ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जनजाति खुलातर्फ ४१ उम्मेदवार बनेकामा १२ जना निर्वाचित भएका छन् ।
निर्बाचित हुनेहरुमध्ये गण्डकी प्रदेशबाट महिला तर्फको केन्द्रीय सदस्यमा बाग्लुंगकी रेनुका काउछामगर र जनजाती खुलातर्फ स्याङ्गजाका ई. अनुप श्रेष्ठ र बाग्लुंगका भिम श्रीसमगर समेत रहेका छन
जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा.गङ्गालक्ष्मी अवाल २७६८, रेणुका काउछामगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लीलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेर निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
आदिवासी जनजाति खुलामा तीर्थ लामा ४४२५, ई अनुप श्रेष्ठ २५५१, डा. प्रेमध्वज लामा २५०५, कर्माछेरिङ शेर्पा २४०६, टेक प्रसाद गुरुङ २०९०, भीमश्रीस मगर २०४६, रामकृष्ण चित्रकार १९८२, बुद्ध लामा १९५६, गेल्जे लामा शेर्पा १८१९, वंशलाल तामाङ १७५६, अमृत गुरुङ १६८९ र सुशील गुरुङ १६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।












