Play

राजस्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण

गुरुकुल खबर


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त भएका झलकराम अधिकारीले बुधबार पदभार ग्रहण गरेका छन् ।

महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन्।

अधिकारी भने यसअधि ४ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए।

अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए।

अधिकारी यसअघि वातावरण विभागका महानिर्देशक भैसकेका छन्। यस्तै राजस्वमा काम गरेको अनुभव पनि रहेको छ। उनी ठुला करदाता कार्यालयमा प्रमुखका रुपमा काम गरिसकेका छन्। यस्तै तालिम केन्द्रका प्रमुखका रुपमा पनि काम गरिसकेका छन्।

१ असार २०७९, बुधबार २१:५२ मा प्रकाशित
Nabintech