पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेश गुरुङ विजयी भएका छन् । गुरुङले नेकपा एमालेका उम्मेदवार पवित्रादेवी गुरुङलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी बनेका हुन् ।
वडाध्यक्षमा विजयी गुरुङले ८ सय ६६ मतको अन्तरले पवित्रादेवीलाई पराजित गरेका हुन् । विजयी गुरुङले १ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धि पवित्रादेवी गुरुङले ९ सय ८३ मत प्राप्त गरेकी थिइन् ।
नेपाली काँग्रेसबाट विजयी उम्मेदवारहरु महिला सदस्यमा नरदेवी गुरुङले १ हजार ६ सय ७६, दलित महिला सदस्यमा सुनीमाया सार्कीले १ हजार ७ सय १२, खुल्ला सदस्यतर्फ परमेश्वरबहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गरेका थिए ।
पोखराको वडा नं १० नेपाली काँग्रेसको प्रभाव क्षेत्रको रुपमा चिनिंदै आएको वडा हो । विगतको विरासत कायम राख्न सकेकोमा खुशी व्यक्त गर्दै नेपाली काँग्रेस वडा इकाई समितिका सचिव उदिम गुरुङले काँग्रेस जहिले पनि जनताको सेवामा समर्पित रहने भएकोले लगातार विजय सम्भव भएको स्पष्ट पारे ।
वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।
विजय पश्चात बाजागाजाका साथ वडा परिक्रमा सहितको विजयी र्याली निकालिएको थियो ।