Play

पोखरा वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका राजेश गुरुङ विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेश गुरुङ विजयी भएका छन् ।  गुरुङले नेकपा एमालेका उम्मेदवार पवित्रादेवी गुरुङलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी बनेका हुन् ।

वडाध्यक्षमा विजयी गुरुङले ८ सय ६६ मतको अन्तरले पवित्रादेवीलाई पराजित गरेका हुन् । विजयी गुरुङले १ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धि पवित्रादेवी गुरुङले ९ सय ८३ मत प्राप्त गरेकी थिइन् ।

नेपाली काँग्रेसबाट विजयी उम्मेदवारहरु महिला सदस्यमा नरदेवी गुरुङले १ हजार ६ सय ७६, दलित महिला सदस्यमा सुनीमाया सार्कीले १ हजार ७ सय १२, खुल्ला सदस्यतर्फ परमेश्वरबहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गरेका थिए ।

पोखराको वडा नं १० नेपाली काँग्रेसको प्रभाव क्षेत्रको रुपमा चिनिंदै आएको वडा हो । विगतको विरासत कायम राख्न सकेकोमा खुशी व्यक्त गर्दै नेपाली काँग्रेस वडा इकाई समितिका सचिव उदिम गुरुङले काँग्रेस जहिले पनि जनताको सेवामा समर्पित रहने भएकोले लगातार विजय सम्भव भएको स्पष्ट पारे ।

वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।

विजय पश्चात बाजागाजाका साथ वडा परिक्रमा सहितको विजयी र्याली निकालिएको थियो ।

८ जेष्ठ २०७९, आईतवार १४:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा