Play

वडा नं ९ को घरदैलो कार्यक्रम सम्पन्न, जीत हासिल गर्न चुनावी कसरत जारी

गुरुकुल खबर


पोखरा । ‘मेरो त आफ्ना सन्तान जस्तै हुन् सबैजना, आफ्नै आमालाई जस्तै माया गर्छन्’ सेतीगंगा टोल निवासी वृद्धा तारा रानाले भनिन् ‘यो चुनावमा जीतेको सुन्न पाउँछु भन्ने आशामा छु ।’ । घरदैलो कार्यक्रम लिएर सो टोलमा पुगेका वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र मर्सानीका बारेमा कुरा गर्दै थिइन् मतदाता वृद्धा आमा तारा राना । राजनीतिक व्यक्तित्व मात्र नभई टोलबासीको हरेक समस्यामा साथ दिने सामाजिक व्यक्तित्व पनि भएकाले मर्सानीको जीत निश्चित देख्छन् सो टोलबासी ।

‘भावना त यही टोलमा हुर्कि बढेकी हुन्, टोलको काम लगायत बालबच्चाहरुका लागि उनले धेरै काम गरेकी छिन्’ वडा सदस्य पदकी उम्मेदवार भावना श्रेष्ठका बारेमा भन्छिन् वृद्धा आमा तारा ‘उनको जीतसंगै महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम हुनेछन् ।’ सेती गंगा टोलमै हुर्किएकी भावनाले सो टोलका लागि धेरै योगदान दिएकी छिन् । बालबालिकाका लागि होस् या महिलाहरुका लागि होस् उनले देखाएको सक्रियताका बारे सबै जानकार छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका   दिपेन्द्र मर्सानीको प्रसंसा गर्छिन् अर्का मतदाता दुर्गा पहारी । नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ ले राम्रो र युवा जोश भएका व्यक्तिलाई वडाध्यक्षको उम्मेदवार बनाएकोमा खुशी छन् दुर्गा । ‘राम्रो विचार र भिजन भएको युवा व्यक्ति हामीले वडाध्यक्ष पदका उम्मेदवार पाएका छौं’ उनले भने ।

नेपाली काँग्रेसको ईतिहासमा सदैव प्रभाव क्षेत्र मानिने र सबैजसो निर्वाचनमा काँग्रेसले नै विजय प्राप्त गर्दै आएको पोखरा महानगरापालिका वडा नं ९ मा यस पटक पनि विरासत कायम हुनु पर्ने सबैजसो वडाबासीको धारणा छ । वडाबासीको आशालाई जीतमा परिणत गर्न नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका दिपेन्द्र मर्सानी लगायत सबै उम्मेदवारहरु चुनावी अभियानमा कस्सेर लागेका छन् । ‘वडाबासीको आशालाई जीतमा परिणत गरेर वडाबासीलाई खुशी र विकास दिनु मेरो पहिलो प्रयास हुनेछ ।’ मर्सानीले भने ।

निर्वाचन आउँन मात्र पाँच दिन मात्र बाँकी रहदाँ पोखरा महानगरपालिका वडा नं ९ का नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन । आईतबार नयाँबजार, दरबारथोक, आदर्शटोल समिति, बाँस्तोला थर, सामसुङ गल्ली, महेन्द्रपुलहुदै साँघुको मुखसम्म घरदैलो कार्यक्रम गरिएको थियो । साँघुको मुखसम्म पुगेर औपचारिक रुपमा थालिएको घरदैलो कार्यक्रम सम्पन्न भएको वडा नं ९ का वडाँध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।
मंगलबारबाट चुनावी सभा, क्यालेन्डर विमोचन, छलफल लगायतका कार्यक्रमको आयोजना गरिने महासमिति सदस्या मुना बाँस्तोलाले जानकारी दिइन ।

उम्मेदवारहरु वडाबासीको शिक्षा, स्वास्थ्य, बाटोघाटो, सुकुम्बासी समस्या लगायतका एजेन्डाहरु बोकेर मतदाताको घरदैलोमा पुगी मतदाताको प्रत्येक टोलमा अत्यावश्यक विकासका कुरा र उठान गर्नु पर्ने मुद्धाहरुका बारेमा छलफल गरिरहेका छन् ।नेपाली काँग्रेसका दिपेन्द्र मर्सानीको नेतृत्वमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी चुनावी मैदानमा छन् ।

 

२५ बैशाख २०७९, आईतवार १२:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा