पोखरा, नेपाली काँग्रेसमा नियमित महाधिबेशन पक्षधरहरुको समूह अर्थात १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाको समूहबाट कास्की -२ को महाधिबेशन प्रतिनिधिमा कांग्रेसका पुराना नेता देखि नवयुवाहरु चयन भएका छन। केहि दिन अगाडी सम्पन्न क्षेत्रिय अधिबेशनबाट कास्की क्षेत्र न. २ को महाधिबेशन प्रतिनिधि चयन हुनेहरुमा कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी र बर्तमान सभापति ऋषिराम काफ्ले लगायतका रहेको क्षेत्रिय सभापति राजेन्द्र बरालले गुरुकुल खबरलाई जानकारी दिए।
उनका अनुसार त्यस क्षेत्रबाट कांग्रेस नेता अधिकारी सहित मुक्ति केसी, खेमकुमारी बराल, आशिक गुरुङ र ललित बहादुर कुँवर पनि छन। केसी नेविसंघको राजनीति देखि निरन्तर पार्टीमा क्रियाशील छन भने बराल कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन। यसैगरी गुरुङ यस अगाडी पनि महाधिबेशन प्रतिनिधि र गण्डकी प्रदेश समितिको सदस्य समेत हुन्। यसैगरी ब्यबसायीको रुपमा परिचित कुँवर यस अगाडी पार्टीको क्षेत्रिय समितिको कोषाध्यक्ष रहेका थिए।
महाधिबेशन प्रतिनिधि चयन भएका अन्यमा अन्जन थापा, मृगसिंह गुरुङ, प्रेमलाल पुन, प्रा. तिर्थ अर्याल, हिरादेबी शर्मा, बिक्रम बस्नेत, सुभाष कोइराला, जितबहादुर थापा, हर्क गुरुङ, लक्ष्मी बाँस्तोला अधिकारी, कमला गिरी, उमा ठकुरी, इन्दिरा कोइराला, रामचन्द्र पौडेल, अर्जुन श्रेष्ठ, बिष्णु बहादुर थापा, रजनी श्रेष्ठ, भेनिश थापा, डम्बर बहादुर रोका, प्रबिण क्षेत्री रहेका छन।
यसैगरी प्रितम गुरुङ, युवराज बराल, खेमराज बराल, राजन पोखरेल, माधव चापगांई, केशव लामिछाने, ई. मनोज गुरुङ पनि महाधिबेशन प्रतिनिधि चयन भएका छन । पार्टीको विधानमा गरिएको ब्यबस्था अनुसार त्यस क्षेत्रका क्षेत्रिय सभापति राजेन्द्र बराल र क्षेत्र अन्तर्गतका प्रदेश निर्बाचन क्षेत्रका सभापतिहरु भुपेन्द्र थापा र अभियान कोइराला पनि पदेन महाधिबेशन प्रतिनिधि बनेका छन।
महाधिबेशन प्रतिनिधि चयन भएकाहरुलाई शुक्रबार आय्पोजित एक कार्यक्रममा निर्बाचन समितिका गण्डकी प्रदेश संयोजक बिरेन्द्र केसी सहित पार्टीका अग्रज नेताहरुद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।














