Play

मादक पदार्थ सेवन गरी फेवातालमा हाम फालेका युवकको उद्धार

गुरुकुल खबर


पोखरा, पोखराको फेवातालमा हाम फालेका एक युवकलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ। कात्तिक २५ गते अर्थात हिजो राति करिब ११ बजे पोखरा महानगरपालिका–६ को बसुन्धरापार्क नजिकै फेवातालमा २९ वर्षीय केशव भुजेलले हाम फालेका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई तालबाट उद्धार गरेको थियो।

पोखरा -५ प्रस्यांगमा बस्दै आएका भुजेलले मादक पदार्थ सेवन गरेको अवस्थामा फेवातालमा हाम फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ।

उद्धारपछि उपचारका लागि जीएमसी अस्पताल पुर्‍याइएका उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ। घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२६ कार्तिक २०८३, बिहीबार २२:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा