Play

पोखराको घांटीछिनामा जीप दुर्घटना: भैलो खेल्न हिंडेका एक युवाको मृत्यु, १२ बालबालिका घाइते

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका–२३ डुंडेफाँट ( पैराको टुंडो ) मा हिजो बुधबार राति करिब १० बजे भएको जिप दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने १२ जना युवा घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज अर्थात जीएमसी अस्पतालमा ल्याइएको छ। स्थानीय ब्यबसायी रबिन्द्र गुरुंगका अनुसार बेलुन नेपाल लेखिएको जीप दुर्घटना हुँदा त्यस ठाउँमा भैलो खेल्न आएका युवा र बालबालिकाहरु घाइते भएको र उनीहरुलाई तत्काल उद्वार गरेर पोखरास्थित अस्पताल पठाइएको थियो।

प्रहरीका अनुसार कात्तिक २५ गते राति करिब १० बजे पुकारा -२३ घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका १३ जनालाई उपचारका लागि तत्काल पोखरास्थित जीएमसी अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका गुरुङलाई कात्तिक २६ गते बिहान (करिब ३ बजे राति) चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त दुर्घटनामा घाइते हुनेहरूमा पोखरा -२३, घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली, १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेको कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जनाएका छन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
(तस्बिर – रबिन्द्र गुरुङको फेसबुकबाट)

२६ कार्तिक २०८३, बिहीबार २२:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा