पोखरा, नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशन अन्तर्गत आगामी मङ्सिर ५ र ६ गते पोखरामा आयोजित गण्डकी प्रदेशको दोश्रो अधिबेशनको तयारी शरु भएको छ । नेपाली कांग्रेसको नियमित १५ औं महाधिबेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा गठित केन्द्रीय महाधिबेशन तयारी समिति (देउवा समूह) सार्बजनिक गरेको कार्यतालिका अनुसार मङ्सिर ४ र ५ गते प्रदेश तहको अधिबेशन गर्ने कार्यतालिका रहेकोमा सातवटा प्रदेश मध्येको पहिलो अधिबेशन गण्डकी प्रदेशमा हुन लागेको हो ।
अधिबेशनको उद्घाटन नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ५ गते पोखरा सभागृहमा गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा नेपाली काँग्रेसका अन्य केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदेश अधिबेशनको उद्घाटन समारोह पछिका कार्यक्रम अर्थात बन्द शत्र र निर्बाचन प्रक्रिया भने पोखरा महानगरपालिका -९ बाँस्तोलाथर स्थित सिल्भर पार्टी प्यालेसमा हुने बताइएको छ ।

दोश्रो प्रदेश अधिबेशनका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा दिईएको जानकारी अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म ५ वाट जिल्लामा जिल्ला अधिबेशन सम्पन्न भैसकेको र बाँकी जिल्लाको जिल्ला अधिबेशन प्रदेश अधिबेशन पुर्व नै सम्पन्न गर्ने गरि कार्यतालिका सार्बजनिक भैसकेको छ । हालसम्म कास्की स्याङ्जा, पर्वत, म्याग्दी र मनांग जिल्लामा पार्टीको जिल्ला अधिबेशन सम्पन्न भैसकेको छन । जसअनुसार कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार म्याग्दीमा हिराबहादुर पुन र मनांगमा गीता गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति बनेको बताइएको छ ।
जिल्ला अधिबेशन हुन बाँकी रहेका जिल्लाहरुमा पनि केहि दिनभित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरि कार्यतालिका सार्बजनिक भैसकेको छ । जस अनुसार गण्डकी प्रदेशको नवलपुर जिल्लामा कात्तिक २८ गते, लमजुङ जिल्लामा मंसिर १ गते, तनहुँ जिल्लामा मङ्सिर २ गते तथा बागलुङ र गोरखा जिल्लामा मङ्सिर ३ गते जिल्ला अधिवेशनको मिति तोकेर आबश्यक तयारी भैरहेको छ। मुस्ताङ जिल्लामा पनि सम्भव भएसम्म छिटो अधिबेशन सम्पन्न गर्न गृहकार्य भैरहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा दिईएको जानकारी अनुसार प्रदेश अधिबेशनको लागि आबश्यक पर्ने अन्य ब्यबस्थापकीय तयारी करिब पुरा भएको छ। जस अनुसार नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि गंगाधर पराजुलीको संयोजकत्वमा प्रचार प्रसार, विश्व प्रसाईंको संयोजकत्वमा अर्थ ब्यबस्थापन, तरुणमणी सुबेदीको संयोजकत्वमा भोजन ब्यबस्थापन, कुमार रानाको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम एबम मंच ब्यबस्थापन, प्रेमलाल पुनको संयोजकत्वमा तरुण युवा समन्वय र राजेन्द्र घिमिरेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
नेपाली काँग्रेस गण्डकीको दोश्रो प्रदेश अधिवेशनमा ३६ वटा प्रदेश निर्बाचन क्षेत्रबाट २१ जनाको दरले ७५६ जना प्रदेश प्रतिनिधिहरु, १८ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० जना केन्द्रीय महाधिबेशन प्रतिनिधिहरु, ३६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरु ३६ जना, १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापतिहरु १८ जना, गण्डकी प्रदेशका ८५ वटा पालिकाका पार्टीका सभापतिहरू ८५ जना, सभापतिबाट मनोनीत हुने प्रदेश प्रतिनिधिहरु ४० जनाको सहभागिता रहनेछ । यसैगरी पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्नेहरु, स्थानीय तह अन्तर्गत बिभिन्न पालिकाका निर्वाचित प्रमुख र उपप्रमुख एबम अध्यक्ष र उपाध्यक्ष र प्रदेश एबम संघिय सांसदहरु समेत गरि १ हजार ६ सय भन्दा बढी प्रतिनिधिको सहभागिता प्रदेश अधिबेशनमा रहनेछ ।
प्रदेश अधिबेशनबाट नेपाली काँग्रेसको गण्डकी प्रदेश कार्यसमितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री (खुला) र ३ सहमहामन्त्री पदधिकारीको रुपमा रहने प्रत्येक जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी कोटाबाट १७ जना सदस्य रहने ब्यबस्था विधानमा गरिएको छ। प्रदेश अधिबेशनको निर्बाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसंका पुर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका अधिबक्ता बिरेन्द्र केसी संयोजक रहेको प्रदेश निर्बाचन समितिले आबश्यक प्रक्रिया अगाडी बढाइरहेको छ ।
प्रदेश अधिबेशन सम्पन्न गर्न करिब २५ लाख रुपैया खर्च लाग्ने र उक्त खर्च प्रदेश अधिबेशनमा सहभागी हुने प्रतिनिधिहरुको रजिष्ट्रेसन शुल्क बापत, प्रदेश कार्यसमितिको पदाधिकारी एबम सदस्यमा उमेदवारी दिन चाहनेहरुको उमेदवारी दर्ता शुल्क बापत संकलन हुने रकमबाट ब्यबस्थापन गरिने भएको छ । यसबाहेक प्रदेश अधिबेशनमा सहभागी हुने पार्टीका नेता एबम शुभचिन्तकहरुबाट स्वतस्फुर्त रुपमा प्राप्त हुने सहयोग पनि आबश्यकता अनुसार खर्च गरिनेछ।
प्रदेश अधिबेशनको तयारीका लागि नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि गंगाधर पराजुली ( कास्की ) को संयोजकत्वमा गठित प्रचार प्रसार उपसमितिमा इन्द्र रिजाल र इन्द्र गोदार (स्याङ्जा), डम्बर अधिकारी र प्रबिण कैनी (तनहुँ), उज्वल गुरुङ र अनिता मल्ल (पर्वत), सुरेन्द्रनाथ शर्मा, डा. गोबिन्द लामिछाने (कास्की) लगायत अन्य सदस्यहरु रहेका छन भने अन्य उपसमितिमा पनि बिभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरि सदस्यहरु राखिएको छ।
यसैगरी मञ्च व्यवस्थापन तथा साँँस्कृतिक उपसमितिमा कुमार राना संयोजक तथा मोहन वहादुर गुरुङ्ग, पदम वस्ताकोटी, पद्यमा गौतम (राधा), रामप्रसाद देवकोटा, प्रकाश चन्द्र पौडेल, सनकमान सिके र नारायणी कुँवर सदस्य रहेका छन भने अन्य उपसमितिमा पनि बिभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरि सदस्यहरु राखिएको पत्रकार भेटघाट कार्यक्रममा वितरित प्रेस नोटमा जनाइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठ, पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बराल र आमन्त्रित केन्द्रिय सदस्य पुष्पराज पराजुली लगायतले पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुको साथै मुलुकको समसामयिक राजनीति र नेपाली काँग्रेसको अबस्थाको बारेमा प्रकाश पारेका थिए ।














