पोखरा, नेपाली काँग्रेसमा नियमित १५ औं महाधिबेशनको पक्षमा रहेकाहरुको समूहले कास्कीको बिभिन्न पालिका र क्षेत्रको अधिबेशन सम्पन्न गरेको छ। १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा निकट मानिने डा. शशांक कोइराला नेतृत्वको १५ औं महाधिबेशन तयारी समिति अन्तर्गत बनाइएका विभिन्न तहगत समितिले सम्बन्धित तहको अधिबेशन सम्पन्न गरेका हुन ।
यस क्रममा पोखरा महानगरपालिका र कास्कीको निर्बाचन क्षेत्र न.१ र २ को अधिबेशन शुक्रबार र शनिबार सम्पन्न भएको छ। जसअनुसार पोखरा महानगर समितिको अधिबेशनबाट महानगर कार्यसमितिको सभापतिमा मिलन प्रसाद तिवारी निर्बिरोध चयन भएका छन । यसैगरी कास्की क्षेत्र न. १ को शनिबार सम्पन्न अधिबेशनले नेपाली कांग्रेसका नेता आनन्द सुबेदीलाई र शुक्रबार सम्पन्न कास्की क्षेत्र न. २ को अधिबेशनले कांग्रेस नेता पदम बस्ताकोटीलाई सर्वसम्मत रुपमा क्षेत्रिय सभापतिमा चयन गरेको छ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा पोखरा महानगरको सभापति पदमा चुनाब लडेका तिवारीलाई महानगर कार्यसमितिको सभापति चयन गर्नको लागि नेपाली काँग्रेसका नेता गंगाधर पराजुलीले प्रस्ताब गरेपछि अधिबेशनमा सहभागी प्रतिनिधिहरुले ताली बजाएर समर्थन गरेका थिए। पराजुली पनि कांग्रेसको १४ औं महाधिबेशनमा पोखरा महानगर कार्यसमितिको सभापतिको प्रत्यासी थिए।

नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमितिको सदस्य एबम नेपाली काँग्रेसको केन्द्रिय प्रचार विभागको सदस्य रहेर काम गरिसकेका कांग्रेस नेता पराजुली पनि १४ औं महाधिबेशनमा पोखरा महानगरको सभापतिको प्रत्यासी रहेकोमा झिनो मतले पराजित हुन पुगेका थिए। यसपटक पराजुलीले आँफु महानगरको सभापतिको दौडमा नरहेको कुरा पहिले नै सार्बजनिक गरिसकेको थिए।
क्षेत्र न, १ का नवनिर्बाचित सभापति सुबेदी नेपाल बिधार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेर नेपाली काँग्रेसको बिभिन्न जिम्मेवारीमा पुगेका कांग्रेस नेता हुन। उनि नेविसंघमा रहंदा स्कुल तह र पृथ्वीनारायण क्याम्पस तहमा समेत बिभिन्न जिम्मेवारीमा थिए। २०५४ सालको स्थानीय निकायको निर्बाचनमा गाउँ सभा सदस्यको रुपमा निर्वाचनमा भाग लिएका सुबेदी नेपाली काँग्रेसको पनि क्षेत्रिय समिति र कास्की जिल्ला समितिको सदस्य रहेर काम गरिसकेका छन ।
सुबेदीले अघिल्लो स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट रुपा गाउँपालिकाको अध्यक्षमा टिकट पाएको भएपनि अन्तिम अबस्थामा सोहि क्षेत्रका कांग्रेस नेता एबम नेपाली काँग्रेसका तत्कालिन सहमहामन्त्री जिबन परियार र कास्की कांग्रेसका सभापति किशोरदत्त बराल समेतको प्रयासमा पार्टीको केन्द्रबाट नै उनको उमेदवारी बदर गराएर गीमाया गुरुङलाई नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षको उमेदवार बनाइएको थियो ।
नियमित १५ औं महाधिबेशनको कास्की जिल्ला तयारी समितिको सदस्य रहेका सुबेदी र पोखरा -२७ का युवा गोपी तिवारीले क्षेत्रिय सभापति बन्ने चाहना राखेको भएपनि केहि बेरको छलफल पछि तिवारीले सुबेदीलाई नै समर्थन गरेको कारण सुबेदी सर्वसम्मत रुपमा क्षेत्रिय सभापति चुनिएका हुन। यस अगाडी क्षेत्रिय अधिबेशन तयारी समितिको संयोजक रहेका बिकास लामा गुरुङले आँफुले क्षेत्रिय सभापतिको जिम्मेवारी अरु साथीलाई दिन चाहेको बताएपछी सुबेदी र तिवारी सभापति बन्न इछ्यूक देखिएका थिए।
कास्कीको निर्बाचन क्षेत्र न. १ अन्तर्गतका दुईवटा प्रदेश मध्ये प्रदेश क को सभापतिमा ई. परशुराम बस्नेत र ख को सभापतिमा ई. अबित केसी निर्बिरोध निर्बाचित भएका छन। दुवै जना नेविसंघको राजनिती हुँदै नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छन र पेशाले दुवै इन्जिनियर हुन।
यसैगरी कास्की क्षेत्र न. २ को सभापतिमा राजेन्द्र बराल पनि निर्बिरोध निर्बाचित भएका छन। बराल पनि नेविसंघको राजनीतिमा केहि बर्ष काम गरेपछि कांग्रेसको राजनीतिमा लागेका हुन्। नेविसंघका केन्द्रीय सदस्य समेत बनेका उनि कांग्रेसको १४ औं महाधिबेशनमा नेपाली काँग्रेसको पोखरा महानगरसमितिको उपसभापतिको प्रतिष्पर्धामा थिए।
यसैगरी कास्की क्षेत्र न. २ अन्तर्गत प्रदेश क को सभापतिमा सुदिप गुरुङ र प्रदेश ख को सभापतिमा अभियान कोइराला पनि निर्बिरोध निर्बाचित भएका छन। प्रदेश सभापति बनेका गुरुङ कांग्रेसको राजनीतिमा सक्रिय नवयुवा हुन्।
प्रदेश ख को सभापति बनेका कोइराला पारिवारिक रुपमा नै कांग्रेसको बिरासत संग जोडिएका छन। उनका बुवा भरत कोइराला नेपाल तरुण दलको जिल्ला सदस्य र आमा शकुन्तला कोइराला कांग्रेसको जिल्ला सदस्य एबम पुर्व महाधिबेशन प्रतिनिधि समेत हुन् । राणा र पंचायती शासनको बिरुद्ध आन्दोलनमा निस्केका कांग्रेसका अगुवा स्व. करुणानिधि कोइरालाका नाती अभियान कोइराला बिगतमा नेपाल बिधार्थी संघको राजनीतिमा पनि सक्रिय थिए ।
यसैगरी कास्की क्षेत्र न. ३ को सभापतिमा पनि पदम बस्ताकोटी निर्बिरोध निर्बाचित भएका छन। उनले नेपाल तरुण दल कास्कीको सचिब समेत रहेर काम गरेका थिए । लामो समय शैक्षिक क्षेत्रमा क्रियाशील बस्ताकोटी शिक्षण संस्थाको संचालक समेत हुन। उनि सभापति बनेको कास्की क्षेत्र न. ३ अन्तर्गतका दुई वटा प्रदेशमा सभापति चयन गर्न भने बाँकी छ।
सम्बन्धित समाचार ..
कास्कीमा कांग्रेस (देउवा-कोइराला समूह)को पालिका अधिबेशन: अन्नपुर्णमा केसी र माछापुच्छ्रेमा आचार्य
कास्कीमा देउवा पक्षिय कांग्रेसको सक्रियता: वडा तहको अधिबेशन करिब सम्पन्न, पालिका अधिबेशनको तयारी













