पोखरा, पोखरा महानगरपालिका -१७ दोबिल्ला स्थित ओशो उपवनका प्रमुख एबम अध्यक्ष स्वामी योगानन्द अर्थात् ई. जगदीश शर्मा पौडेललाई पत्निशोक परेको छ। उनकी धर्मपत्नी भगवती बराल पौडेलको गएराती करिब २ बजे उपचारको क्रममा काठमाडौँको मेडीसिटि अस्पतालमा निधन भएको हो ।
४८ बर्षीय भगवती पौडेल पनि ओशो सन्यासीको रुपमा रहेर जिबन यापन गर्दै आएकी थिईन। उनि ओशो परिवारमा मा. प्रेम भगवतीको नामले परिचित थिईन उनका श्रीमान जगदीशसहित एक मात्र छोरी साक्षी पौडेल पनि ओशो सन्यासी बनेकी छन ।
‘अचानक बिरामी परेपछि पोखराको फिस्टेल अस्पतालमा उपचारको लागि लगिएकोमा थप उपचारको लागि हिजो शनिबार काठमाडौँस्थित मेडीसिटि अस्पतालमा लगेर भर्ना गरिएको थियो। तर, उपचारको क्रममा राती १.४५ बजे नै वहांको निधन भयो।’ ओशो उपवनका सन्यासी बोधी बसन्तले गुरुकुल खबरसंग भने।
स्व. भगवती अर्थात मा. प्रेम भगवतीका श्रीमान् जगदीश शर्मा पौडेल नेपाल बिधुत प्राधिकरणमा इन्जिनियर पदमा काम गरेर सेवा निवृत्त भएका हुन । उनले ओशो सन्यासीको रुपमा तिन दशक भन्दा बढी समय बिताईसकेका छन। करिब दुई दशकदेखि उनि पोखराको दोबिल्लामा संचालित ओशो उपवनको प्रमुख एबम अध्यक्ष रहेर ओशो परिवारमा सक्रिया रहँदै आएका थिए।















