Play

ओशो उपवन पोखराका प्रमुख तथा स्वामी योगानन्द (ई. जगदीश) लाई पत्निशोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१७ दोबिल्ला स्थित ओशो उपवनका प्रमुख एबम अध्यक्ष स्वामी योगानन्द अर्थात् ई. जगदीश शर्मा पौडेललाई पत्निशोक परेको छ। उनकी धर्मपत्नी भगवती बराल पौडेलको गएराती करिब २ बजे उपचारको क्रममा काठमाडौँको मेडीसिटि अस्पतालमा निधन भएको हो ।

४८ बर्षीय भगवती पौडेल पनि ओशो सन्यासीको रुपमा रहेर जिबन यापन गर्दै आएकी थिईन। उनि ओशो परिवारमा मा. प्रेम भगवतीको नामले परिचित थिईन उनका श्रीमान जगदीशसहित एक मात्र छोरी साक्षी पौडेल पनि ओशो सन्यासी बनेकी छन ।

‘अचानक बिरामी परेपछि पोखराको फिस्टेल अस्पतालमा उपचारको लागि लगिएकोमा थप उपचारको लागि हिजो शनिबार काठमाडौँस्थित मेडीसिटि अस्पतालमा लगेर भर्ना गरिएको थियो। तर, उपचारको क्रममा राती १.४५ बजे नै वहांको निधन भयो।’ ओशो उपवनका सन्यासी बोधी बसन्तले गुरुकुल खबरसंग भने।

स्व. भगवती अर्थात मा. प्रेम भगवतीका श्रीमान् जगदीश शर्मा पौडेल नेपाल बिधुत प्राधिकरणमा इन्जिनियर पदमा काम गरेर सेवा निवृत्त भएका हुन । उनले ओशो सन्यासीको रुपमा तिन दशक भन्दा बढी समय बिताईसकेका छन। करिब दुई दशकदेखि उनि पोखराको दोबिल्लामा संचालित ओशो उपवनको प्रमुख एबम अध्यक्ष रहेर ओशो परिवारमा सक्रिया रहँदै आएका थिए।

७ भाद्र २०८३, आईतवार ०९:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा