पोखरा, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १८ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले मनशान्त घिमिरे अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ पोखरामा शुक्रबार सम्पन्न अधिबेशनले घिमिरे अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। घिमिरेले यस अगाडिको कार्यसमितिमा सचिब रहेर काम गरेका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, सचिवमा प्रेमबहादुर कुँवर र कोषाध्यक्षमा विष्णुकुमारी मल्ललाई चयन गरिएको छ । कार्यसमितिका सदस्यहरूमा विष्णुप्रसाद तिमिल्सिना, रोमन पौडेल, सन्दीप गुरुङ, राजु सुवेदी, राजु परियार, गौतम नेपाली र तबबहादुर तामाङ रहेको छन ।
नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष फुरगेल्जे शेर्पाको प्रमुख आतिथ्यतामा संघको अधिबेशन तथा साधरण सभा सम्पन्न भएको थियो। कार्यक्रममा निबर्तमान प्रदेश अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतले आआंफ्नो भनाई राखेका थिए।















