Play

पर्वतारोहण संघ गण्डकीमा नयाँ कार्यसमिति, अध्यक्षमा मनशान्त घिमिरे

गुरुकुल खबर


पोखरा, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १८ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले मनशान्त घिमिरे अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ पोखरामा शुक्रबार सम्पन्न अधिबेशनले घिमिरे अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। घिमिरेले यस अगाडिको कार्यसमितिमा सचिब रहेर काम गरेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, सचिवमा प्रेमबहादुर कुँवर र कोषाध्यक्षमा विष्णुकुमारी मल्ललाई चयन गरिएको छ । कार्यसमितिका सदस्यहरूमा विष्णुप्रसाद तिमिल्सिना, रोमन पौडेल, सन्दीप गुरुङ, राजु सुवेदी, राजु परियार, गौतम नेपाली र तबबहादुर तामाङ रहेको  छन ।

नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष फुरगेल्जे शेर्पाको प्रमुख आतिथ्यतामा संघको अधिबेशन तथा साधरण सभा सम्पन्न भएको थियो। कार्यक्रममा निबर्तमान प्रदेश अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतले आआंफ्नो भनाई राखेका थिए।

३० श्रावण २०८३, शनिबार २१:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा