Play

रोटरी डिष्ट्रिकको एक लाख बिरुवा रोप्ने अभियान अन्तर्गत पोखरामा रोटरी क्लबको संयुक्त वृक्षरोपण सम्पन्न

गुरुकुल खबर


पोखरा, रोटरी डिष्ट्रिक- ३२९२ अन्तर्गत पोखरामा क्रियाशील विभिन्न रोटरी क्लबहरूको संयुक्त आयोजनामा पोखरा महानगरपालिका -१४ स्थित पुष्करणी परोपकार गोकुलधाम क्षेत्रमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिष्ट्रिक- ३२९२ को आह्वानमा देशभर करिब एक लाख बिरुवा रोप्ने अभियान अन्तर्गत पोखराका विभिन्न क्षेत्रमा १ हजार १ सय बिरुवा रोप्ने कार्यक्रम तय गरिएको उक्त वृक्षरोपण कार्यक्रम  गरिएको हो।

पोखरामा रहेका रोटरी क्लब अफ पोखरा क्यापिटल, रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ पोखरा भ्याली, रोटरी क्लब अफ पोखरा फिस्टेल, रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ पोखरा गण्डकी, रोटरी क्लब अफ पोखरा मिडटाउन, रोटरी क्लब अफ लेखनाथ, रोटरी क्लब अफ प्याराडाइजलगायत विभिन्न रोटरी क्लबका सदस्य एबम प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमका सहभागीहरुले बिरुवाहरु रोप्नुको साथै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबैको साझा दायित्व रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पुष्करणी परोपकार गोकुलधाम, पोखरा–१४ का संरक्षक तथा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले वृक्षरोपणको धार्मिक, सामाजिक तथा वातावरणीय महत्त्वबारे प्रकाश पार्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाहरुको संरक्षण र संवर्द्धनमा समेत विशेष ध्यान दिन आग्रह गरे।

वृक्षरोपण कार्यक्रमको शुभारम्भमा रोटरी डिस्ट्रिक्ट- ३२९२ अन्तर्गत डिस्ट्रिक्ट इन्भाइरोन्मेन्ट कमिटीकी को-चेयर विकास अधिकारीको साथै क्लबको बिभिन्न जिम्मेवारीमा रहेका सङ्गीता शर्मा तिमिल्सिना र नवीनराज बराललगायतले वृक्षरोपणको महत्त्व, जलवायु परिवर्तन न्यूनीकरणमा यसको भूमिका तथा स्वच्छ र हरित वातावरण निर्माणमा रोटरीको योगदानबारे आआफ्ना भनाई राखेका थिए । रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष टोपबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

१५ श्रावण २०८३, शुक्रबार १७:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा