काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यहि असार २५ र २६ गते नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौ बैठकले थप ६ वटा उपसमिति र तिनको संयोजक तोकेको छ । यस अगाडी पनि प्रतिष्ठान अन्तर्गत धेरै बिषयगत उपसमिति र तिनको संयोजक एबम सदस्यहरु तोकिएका थिए ।
प्रतिष्ठानलाई प्रभावकारी बनाउन भन्दै यस पटक तोकिएका उपसमिति र तिनका संयोजकहरुमा अपांगता- संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजकमा रेशम गुरुङ र दुर्व्यसन मुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनारलाई तोकिएको छ ।
यसैगरी पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई चयन गरिएको नेपाली काँग्रेसको केन्द्रीय कार्यालयका काबा मुख्य सचिब कृष्णप्रसाद दुलालले गुरुकुल खबरलाई जानकारी दिएका छन ।
















