Play

कांग्रेसको नीति प्रतिष्ठानमा नियुक्ति दिने क्रम जारी, थप छ वटा उपसमितिमा संयोजक नियुक्त

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यहि असार २५ र २६ गते नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौ बैठकले थप ६ वटा उपसमिति र तिनको संयोजक तोकेको छ ।  यस अगाडी पनि प्रतिष्ठान अन्तर्गत धेरै बिषयगत उपसमिति र तिनको संयोजक एबम सदस्यहरु तोकिएका थिए  ।

प्रतिष्ठानलाई प्रभावकारी बनाउन भन्दै यस पटक तोकिएका उपसमिति र तिनका संयोजकहरुमा अपांगता- संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजकमा रेशम गुरुङ र दुर्व्यसन मुक्त  समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनारलाई तोकिएको छ ।

यसैगरी पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई चयन गरिएको नेपाली काँग्रेसको केन्द्रीय कार्यालयका काबा मुख्य सचिब कृष्णप्रसाद दुलालले गुरुकुल खबरलाई जानकारी दिएका छन ।

२८ असार २०८३, आईतवार १७:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा