Play

किर्तिपुर अस्पतालमा भर्ना गरिएका एमएस्सी उत्तीर्ण बिबेक मण्डलले किन गरे आत्मदाहको प्रयास ?

गुरुकुल खबर


काठमाडौँ, आफ्नै शरीरमा आगो लगाएर शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैताका युवकको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।  गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डल शुक्रबार दिउँसो पौने ४ बजे आत्मदाहको प्रयास गरेका थिए।

उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत् उपचारका लागि कीर्तिपुर, काठमाडौँ ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले काठमाडौँमा भएको कुराकानी उधृत गर्दै भने, ‘आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ। अवस्था गम्भीर छ।’

विज्ञान विषयमा मास्टर्स (एमएस्सी) गरेका मण्डलको मानसिक अवस्था ठिक नभएको जानकारी परिवारका सदस्यले गराएका गौतमले बताए। उनलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरिएको थियो। मलंगवामा उपचार सम्भव नभएपछि शुक्रबार साँझ थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

उनको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार एमएस्सी गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले केही समयदेखि उनी मानसिक समस्यामासमेत थिए।

एमएस्सीको पढाई पूरा गरेपछि उनले केही सयम मलंगवास्थित एक कलेजमासमेत पढाएका थिए। एक वर्षअघि नै कलेजबाट उनको जागिर छुटेको थियो।  त्यस यता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन्। आर्थिक अभावले उनमा मानसिक समस्या सुरु भएको वडाध्यक्ष वैद्यनाथ मण्डलले बताए।

२७ असार २०८३, शनिबार १४:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा