पोखरा, लामो समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका पोखरा महानगरपालिका -२३ चापाकोट, औसेलुचौरका झ्यांपु चापागाईंको गत चैत्रमा निधन भएकोमा उनको शव घरमै ल्याएर अन्त्येष्टि गरिएको छ। चापाकोट औसेलुचौर घर भएका चापागाईं करिब ११ बर्षदेखि बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा थिए। त्यस अगाडी उनि रोजगारीको शिलशिलामा केहि बर्ष भारतमा बसेका थिए।
झ्यांपुले गत चैत महिनामा १/२ महिना भित्र नेपाल (घर) आउने भन्ने जानकारी आंफ्नो परिवारमा गराएको भएपनि नेपाल आउन नपाउंदै उनको मृत्यु भएको चापागाईं परिवारका सदस्य एबम औसेलुचौरका युवा सामाजिक कार्यकर्ता माधव चापागाईंले गुरुकुल खबरलाई जानकारी दिए। ‘बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेकै बेला गत २०८३ चैत २३ गते उनको निधन भएको रहेछ, त्यसपछि उनको शव नेपाल ल्याउन समेत लामो समय लाग्यो र आज मंगलबार पोखरा -२३ चापाकोटको ककरेघाटमा उनको अन्त्येष्टि गरियो। ‘ माधव चापागाईंले भने।
करिब ५० बर्षीय झ्यांपु चापागाईंकी श्रीमती साधना चापागाईं सहित एक छोरा किरण चापागाईं र छोरी कबिता रहेको छन। उनकी श्रीमती साधना स्थानीय आमा समूह सहित सामुदायिक काममा समेत सक्रिया छिन। उनका छोरा किरण केहि महिना अगाडी मात्र बैदेशिक रोजगारीको शिलशिलामा दुबई पुगेका थिए भने बिबाहित छोरी कबिता पोर्चुगलमा रहेको चापाकोट पोखरा सेवा समाजका अध्यक्ष दिपक प्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।
















