पोखरा, पोखरा महानगरपालिका -५ जिरो किलोमिटर चोक नजिकै भएको स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ । पोखराको लेकसाइड तर्फबाट जिरो किलोमिटर तर्फ आउंदै गरेको ग १७ प २१३४ नम्बरको स्कुटरका चालकले नियन्त्रण गुमाएको कारण भएको दुर्घटनमा परि स्कुटर चालक ३४ बर्षिय सुमन गुरुंगको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक विष्णुप्रसाद रेग्मीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार मंगलवार बिहान स्कुटर स्कुटर आँफै अनियन्त्रित भएर सडकमा दूर्घटना भएको थियो ।
दुर्घटनामा स्कुटर चालक नवलपरासी पुर्व बर्दघाट घर भई हाल पोखरा -१५ नयागाउँ बस्ने ३४ बर्षीय सुमन गुरुङ गम्भिर घाइते भएर मणिपाल अस्पतालमा उपचारको लागि लागिएकोमा उपचारको क्रममा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।














