Play

पोखरा बसपार्क क्षेत्रका बास्तबिक सुकुम्बासी पहिचान गर्न र उनीहरुको लागि जग्गा खोज्न छुट्टाछुट्टै समिति गठन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाले पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएकाहरुमध्ये बास्तबिक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गर्नको लागि र पहिचान भएका सुकुम्बासी एबम भूमिहीनको लागि आबश्यक जग्गा ब्यबस्थापन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार यहि जेठ ८ गतेसम्म अध्यावधिक विवरण तथा लगत बुझाएका ५ सय ७२ जना मध्ये वास्तविक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गर्नको लागि र उनीहरुलाई जग्गा ब्यबस्थापन गर्नको लागि दुइवटा छुट्टाछुट्टै समिति बनाइएको हो ।

आज बुधबारबाट लागु हुनेगरी १० कार्य दिनभित्र तथ्यगत अध्ययन गरी पोखरा महानगरपालिकामा प्रतिबेदन पेश गर्ने जिम्मेवारी दुवै समितिलाई दिइएको छ वास्तविक भूमिहीन तथा सुकुम्बासी पहिचान गर्न गठित समितिको संयोजक पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुखलाई तोकिएको छ ।

समितिका सदस्यहरुमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कास्की, साविक मालपोत कार्यालय कास्की, साविक नापी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधिलाई राखिएको छ। समितिको सदस्य सचिवमा पोखराको वडा नं. ९ कार्यालयका वडा सचिबलाई राखिएको छ ।

समितिले  पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासीको रुपमा बस्दै आएकाहरुद्वारा गठित ‘सुकुम्बासी समस्या सहजीकरण समिति’ संग पनि आवश्यक समन्वय र सहकार्य गरेर बास्तबिक सुकुम्बासीहरुको पहिचान गर्ने र १० दिन भित्र प्रतिबेदन दिने मेयर आचार्यले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैगरी पोखरा महानगरपालिका अन्तर्गत पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा भूमिहीन सुकुम्बासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्न गठित ‘जग्गा व्यवस्थापन (खोजी) समिति’ को संयोजकमा पोखरा -१७ का वडाध्यक्ष राधिका शाही योगी रहेकी छन ।

समितिको सदस्यहरुमा  पोखरा -९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा -१५ का वडाध्यक्ष तोरण बानियाँ, पोखरा -१४ का वडाध्यक्ष बोधराज कार्की, पोखरा -२५ का काबा वडाध्यक्ष धना पोखरेल, पोखरा महानगरपालिकाको नापी शाखाकी प्रमुख सीता कार्की र सदस्य सचिवमा पोखरा महानगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम बजगाई रहेको मेयर आचार्यले जानकारी दिए ।

१२ जेष्ठ २०८३, मंगलवार २१:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा